5 years ago
March 31, 2020
एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमन्डले कोरोना भाइरस (कोभिड–१९) को त्रासको बीच प्रशिक्षण सुरु गरेको छ । क्लबले सोमबारदेखि केही खेलाडीलाई समावेश गर्दै प्रशिक्षण थालेको हो ।
महामारी बनेको कोरोना भाइरसका कारण विश्वभरको खेलकुद गतिविध ठप्प छ । जर्मनीमा पनि ३० अप्रिलसम्म खेलकुद गतिविधि ठप्प छ । कोरोनाकै कारण आगमी जुन र जुलाई महिनामा तय भएको युरोकप र कोपा अमेरिका १ वर्ष पछिलाई सारिसकेको छ । जर्मनीमा फुटबल कहिले बाट सुरु हुन्छ भन्न सकिने अवस्था छैन । तर, पनि क्लबले खेलाडीको फिटनेसलाई ध्यानमा राख्दै प्रशिक्षण थालेको हो ।
पहिलो दिनको प्रशिक्षणमा नर्वेजियन युवा स्टार अर्लिङ ब्राउट हालान्डसँगै थोमस डिलाने, जियोभानी रेना र इम्री क्यानलगायतको उपस्थिति रहेको थियो । दुई खेलाडीलाई राखेर निश्चित दुरीमा राखेर प्रशिक्षण गराइएको क्लबले जनाएको छ । क्लबका खेलाडी इम्री क्यानले फिल्डमा फर्कन सके बोरिङ फिल नहुने बताएका छन् । क्लबले सिजन सुरुवात हुनेमा विश्वस्त रहेको बताउँदै उपाधिका लागि बायर्नसँगै डर्टमन्ड र आरबी लाइप्जिग पनि दौडमा रहेको बताएको छ । हाल डर्टमन्ड शीर्षस्थानको बायर्न म्युनिख भन्दा ४ अंकले पछि छ ।
डर्टमन्ड कोरोनाविरुद्ध लड्नको लागि सहयोग गर्ने क्लबमध्येको एक क्लब हो । डर्टमन्डका खेलाडीले कोरोना भाइरसविरुद्ध लड्नको लागि क्लबसँगको पारिश्रमिक कटौतीमा सहमत भइसकेका छन् । ‘फुटबलरहरुसँग जनताको विश्वास छ । उनीहरुले भाइरससँग लड्न मद्दत गर्न धेरै पैसा कमाउछन्,’ क्यानले भने, ‘हामीलाई पनि जिम्मेवारी छ । हामीसँग केही पैसा छ र केही सामाजिक कार्यमा खर्च गर्न चहान्छौं । हामीसँग राम्रो टोली छ । यो सजिलो छैन तर, मलाई लाग्छ कि यो अझै सम्भव छ ।’
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]