default_image

4 years ago

April 2, 2020

‘रोनाल्डोलाई अर्जेन्टिनामा घृणा गर्छन्’ – डिबाला

50 views

0 Bookmark

एजेन्सी – युभेन्टस फरवार्ड पाउलो डिबालाले आफ्नो क्लब सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई अर्जेन्टिनी समर्थकले घृणा गर्ने गरेको बताएका छन् । उनले त्यो विषय रोनाल्डो समेत जानकारी रहेको उल्लेख गरे । पछिल्लो दुई सिजनमा युभेन्ट्समा डिबाला र रोनाल्डोबीच भने नजिकको सम्बन्ध रहँदै आएको छ । डिबाला अहिले रोनाल्डो र लियोनल मेस्सी दुवैसँग खेल्दै आएका छन् ।

‘मैले उनलाई भनेको छु । रोनाल्डोको शारीरिक बनोट र उनी जसरी हिँड्छन् त्यस हिसाबले अर्जेन्टिनामा रोनाल्डोलाई मान्छेहरु घृणा गर्छन्,’ एक अन्तवार्तामा डिबालाले भनेका छन्, ‘त्यो सत्य हो । तर म आश्चार्यमा परेको छु । उनलाई मैले फरक पाएको छु ।’

अर्जेन्टिनी टोलीमा मेस्सीको दबदबाका बीच डिबालाले खासै मौका पाउँदैनन् । ‘म आफ्नो सहकर्मीहरुको कहिल्यै आलोचना गर्दिन । अहिले जे छु त्यसमा म सुधार गर्न चाहन्छु,’ उनले भने, ‘मैले मेस्सीलाई भनेको छु, उनको र मेरो कपितय खेल्ने तरिका उस्तैछ ।’

डिबालाले विश्वकप वा कोपा अमेरिकामा आफुले धेरै खेल्ने मौका नपाएपनि प्रशिक्षकहरुको निर्णयको सम्मान गर्ने बताए । उनले अर्जेन्टिनी प्रतिष्ठित टोली भएको र प्रशिक्षकले सधैं टोलीकै हितमा निर्णय लिने आफूले बुझेको अभिव्यक्ति दिए ।

युभेन्ट्सका फरवार्ड केहि दिन अघि कोराना भाइरस कोभिड १९ बाट संक्रमित बनेका थिए । ‘मलाई एकदम खोकी लागेको थियो । म थकित पनि थिएँ र राती सुन्दा मलाई एकदम जाडो हुन्थ्यो,’ उनले भने, ‘मलाई त्यो बेला केहि कठिन भएको थिए । त्यस्तो अवस्थामा मैले जति सक्दो आराम गर्ने प्रयास गरे । क्लबका डक्टरहरुसँग नियमित सम्पर्कमा रहेर सल्लाह लिए ।’

May 9, 2024

नाटकीय पुनरागमनसँगै रियल म्याड्रिड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा नाटकीय पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको दोस्रो लेगमा २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनल प्रवेश गरेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा दुई गोल गरेपछि रियल फाइनल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

Success

Thank you for your time.