default_image

4 years ago

April 4, 2020

सक्रिय रोनाल्डो

एजेन्सी – युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डो सिरि ए स्थागित भएदेखि नै स्वदेशमा छन् । आफ्नी आमा विरामी भएका कारण उनी पोर्चुगल फर्केका थिए । त्यसता कोभिड १९ को असर विश्वव्यापी रुपमा बढ्दै गएपछि फुटबल गतिविधि रोकिएका छन् । तर, घरमा रहँदा पनि रोनाल्डोले आफुलाई फिट राख्ने प्रयास भने जारी राखेका छन् । रियल म्याड्रिडका […]

31 views

0 Bookmark

एजेन्सी – युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डो सिरि ए स्थागित भएदेखि नै स्वदेशमा छन् । आफ्नी आमा विरामी भएका कारण उनी पोर्चुगल फर्केका थिए । त्यसता कोभिड १९ को असर विश्वव्यापी रुपमा बढ्दै गएपछि फुटबल गतिविधि रोकिएका छन् ।

तर, घरमा रहँदा पनि रोनाल्डोले आफुलाई फिट राख्ने प्रयास भने जारी राखेका छन् । रियल म्याड्रिडका पूर्व स्टार ३५ वर्षे रोनाल्डोले टपलेस र आँखा चिम्म गरेको फोटो इन्स्टाग्राममा पोष्ट गरका छन् ।

जसमा उनले लेखेका छन्, ‘स्वास बाहिर, स्वास बाहिर । सक्रिय रहौं ।’ जसमा ह्यासट्याग ‘स्टे होम सेभ लाइभ्स’ रहेको छ । केहि दिन अघि उनले आमा अस्पतालबाट फर्केपछि आमा र बिहिनीहरुको साथको फोटो पोष्ट गरेका थिए ।

युभेन्टस इटालियन लिगको शीर्षस्थानमा रहेपनि कोरोनाका कारण लिग स्थगित भएपछि हाल टोली विश्राममा छ । अब लिग पुन: सुचारु हुने नहुने अन्यौल रहेको अवस्थामा क्लबहरुले प्रशिक्षण सुचारु गर्न सकेका छैनन् । सबै खेलाडी व्यक्तिगत रुपमै फिटनेस प्रशिक्षण गरिरहेका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.