default_image

4 years ago

April 4, 2020

फ्लिक बायर्नको पुर्णकालिन प्रशिक्षक

35 views

0 Bookmark

एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले हान्सी फ्लिकलाइै पुर्णकालिन प्रशिक्षक बनाएका छन् । अन्तरिम प्रशिक्षकको रुपमा काम गर्दैै आएका बायर्नकै पुर्व मिडफिल्डर फ्लिकसँग शुक्रबार सम्झौता गरेसँगै उनी बायर्नको पुर्णकालिन प्रशिक्षक बनेका हुन् । 

बुन्डेसलिगा च्याम्पियन बायर्नले फ्लिकसँग २०२३ सम्म बस्ने गरी सम्झौता गरेका छन् । ५५ बर्षीय प्रशिक्षक सिजनको सुरुवातमा निको कोभाकको सहायकको रुपमा क्लबमा जोडिएका थिए । प्रदर्शनमा असन्तुष्ट बायर्नले गत नोभेम्बरमा मुख्य प्रशिक्षक कोभाकलाई बर्खास्त गर्दै सहायक फ्लिकलाई अन्तरिम प्रशिक्षकको रुपमा सिजनको अन्तिमसम्म क्लब हेर्ने जिम्मेवारी दिएको थियो ।

उनको प्रशिक्षणमा बायर्नले उच्च प्रदर्शन गरिरहेकको छ । उनले टिम सम्हाल्नुअघि बायर्न बुन्डेस लिगको चौथो स्थानमा रहेको थियो । तर, अहिले बायर्नले शीर्षस्थानमा ४ अंकको अग्रता लिन सफल भएको छ । उनको प्रशिक्षणमा बायर्नले २१ खेलमा १८ मा जित निकालेको थिए । बायर्नका सिइओ कार्ल हेन्ज रुम्मेनिगबाट प्रशंसा पाएका उनलाई क्लबले पूर्णकालिन प्रशिक्षकमा प्रस्ताव गरेको थियो । उनी त्यसमा सहमत भएको हो ।

‘उनको कामबाट क्लब धेरै खुसी छ ।’ सिइओ रुम्मेनिगले भने, ‘उनको नेतृत्वमा टिमको प्रदर्शन राम्रो भइरहेको छ । हामीले आक्रमक फुटबल खेलिरहेका छौ । जसको प्रभाव नतिजामा समेत देखिएको छ ।’ हान्सीले मिडफिल्डरको रुपमा बायर्नबाट १ सय ४ खेल खेलेका थिए । उनले चोटका कारण सन् १९९३ मा खेलाडीको रुपमा सन्यास लिएका थिए ।

यस्तै क्लबले उनीसँग क्षमता रहेको र उनीमा बायर्नले भरोसा राखेको र क्लबले उनको प्रशिक्षणमा अझै माथि पुग्न सकिनेमा विश्वस्त रहेको बताएका छन् । उनी बायर्न आउनुअघि जर्मनी टिमको सहायक प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । उनले जोचिम लोउको नेतृत्वमा सन् २००६ देखि २०१४ सम्म सहायक प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि […]

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

Success

Thank you for your time.