default_image

4 years ago

April 4, 2020

बार्सिलोनाको वचनले नेयमार रियल नगएको खुलासा

44 views

0 Bookmark

एजेन्सी – सिजनको सुरुवाती ट्रान्सफर विन्डोमा ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमार अनुबन्ध गर्न स्पेनका दुई ठूला क्लब बार्सिलोना र रियल म्याड्रिड लागिपरेका थिए ।

क्याटलान क्लब बार्सिलोना नेयमार अनुबन्धको नजिक पुग्दा अन्तिम समयमा चुकेको थियो । नेयमार अनुबन्ध गर्न बार्सिलोनाले बढी चासो देखाएपछि सुरुवातमा केहि अग्रसर देखिएको रियल पछि हटेको थियो । तर, यो सिजन दुवै क्लबले नेयमारलाई अनुबन्ध गर्न असफल रहे । अब आउँदो समरमा नेयमार अनुबन्ध गर्न यि दुई क्लबले फेरि प्रयास थाल्ने पक्का छ ।

तर, बार्सिलोनाले नेयमारलाई रियल जानबाट रोक्नको लागि २०२० मा नेयमारलाई अनुबन्ध गर्ने वचन दिएको खुलासा भएको छ । स्पेनिस पत्रिका मुन्डो डिपोर्टिभोको अनुसार बार्सिलोनाले नेयमारलाई रियल जानबाट रोक्नको लागि आउँदो समरमा पुन सम्झौता गर्ने वचन दिएको उल्लेख छ ।

नेयमार २०१७ मा बार्सिलोनाबाटै १९८ मिलियन पाउन्डमा पीएसजी पुगेका थिए । मुन्डोका अनुसार रियलले पनि हस्ताक्षर गर्न सक्ने भएपछि बार्सिलोनाले रियल जानबाट रोक्नकै लागि नेयमारलाई वचन दिएको उल्लेख छ ।

‘रियल र पीएसजीबीच राम्रो सम्बन्ध रहेको छ । तर, नेयमारको चाहना बार्सिलोना जाने रहेको थियो । उनलाई रोक्न बार्सिलोनाले नेयमारलाई यो वर्ष नभए अर्काे वर्ष आउने विकल्प समेत दिएको छ । बार्सिलोना नेयमार भित्राउन निश्चिन्त देखिन्छ ,’ मुन्डोको दावी छ ।

यद्दपि नेयमारको सम्झौता रकममा कुरा नमिल्दा पीएसजीका मालिक नासिर अल खेलाफी बेच्न सहमत भएनन् । अहिले बार्सिलोनाले नेयमारसँगै अर्जेन्टिनी लोउटारो मार्टिनेजलाई अनुबन्ध गर्ने विषयले सञ्चार माध्यममा स्थान पाइरहेका छन् । यि दुई खेलाडी अनुबन्ध गर्न बार्सिलोनाले फिलिपे कौटिन्हो, एन्टोइन ग्रिजमन र औसमाने डेम्वेलेलाई बेच्ने योजना बनाइरहेको छ ।

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

Success

Thank you for your time.