default_image

4 years ago

April 9, 2020

रियलले खेलाडीको पारिश्रमिक कटौती गर्ने

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले कोरोना भाइरस (कोभिड–१९) का कारण क्लबको आम्दानीमा गिरावट आउने भएपछि २० प्रतिशतसम्म खेलाडीको पारिश्रमिक कटौती गर्ने भएका छन् ।  क्लबको आम्दानीमा गिरावट आउने भएपछि १० देखि २० प्रतिशतसम्म पारिश्रमिक कटौती गर्ने निर्णय गरेको हो । पछिल्लो अवस्थालाई हेरेर रियलले फुटबल टिम र बास्केटबल टिमका खेलाडीको तलबमा कटौती गरेको हो […]

68 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले कोरोना भाइरस (कोभिड–१९) का कारण क्लबको आम्दानीमा गिरावट आउने भएपछि २० प्रतिशतसम्म खेलाडीको पारिश्रमिक कटौती गर्ने भएका छन् । 

क्लबको आम्दानीमा गिरावट आउने भएपछि १० देखि २० प्रतिशतसम्म पारिश्रमिक कटौती गर्ने निर्णय गरेको हो । पछिल्लो अवस्थालाई हेरेर रियलले फुटबल टिम र बास्केटबल टिमका खेलाडीको तलबमा कटौती गरेको हो । रियलको शीर्ष टोली, बास्केटबलको पहिलो टिमका खेलाडी, प्रशिक्षक र कप्तानको तलब १० देखि २० प्रतिशत कटौती गर्न क्लबको बोर्ड बैठकले सहमति गरेको क्लबले जारी गरेका विज्ञप्तीमा उल्लेख छ ।

क्लबले सिजन पुनः शुरु भएको अवस्थामा १० प्रतिशत र सिजन अन्त्य भएको अवस्थामा २० प्रतिशित पारिश्रमिक कटौती गर्न खेलाडी, प्रशिक्षक र कर्मचारीले निर्णयमा सहमति जनाएको यो कठिन अवस्थामा साथ दिने सबैमा क्लबले धन्यवाद समेत ज्ञापन गरेको छ ।

विश्व खेलकुद नै अहिले ठप्प छ । स्पेनिस ला लिगा मार्चसम्मका लागि स्थगित गरिएको छ । लिग शरु हुने वा नहुने अनिश्चित बनेको छ ।
रियल म्याड्रिडको सहरी प्रतिद्वन्दी एट्लेटिको मड्रिड र क्याटलान क्लब बार्सिलोनाले यसअघि नै खेलाडीको ७० प्रतिशतसम्म पारिश्रमिक कटौती गर्ने निर्णय गरिसकेका छन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.