5 years ago
April 10, 2020
एजेन्सी – एसी मिलानका स्ट्राइरक ज्लाटान इब्राहिमोभिच अहिले स्वदेश स्विडेनमा छन् । कोरोना भाइरस कोभिड १९ का कारण सिरिए स्थागित भएपछि इब्राहिमोभिच स्वदेश फर्केका थिए ।
सिरि ए पुनः सुरु हुने दिन पर्खाईमा रहेको इब्राहिमोभिचले हाम्बार्बीमा अभ्यास गरेका छन् । ३८ वर्षे फरवार्डले गत नोभेम्बरमा हाम्बार्बीको २३.५ प्रतिशत शेयर खरिद गरेका थिए । उनले सोही क्लबको मैदानमा प्रशिक्षण गरेका हुन् ।
‘युरोपमा फुटबल स्थगित भएका कारण अहिले इब्राहिमोभिच परिवारसहित स्टकहममा छन् । त्यसैले उनीले बलसँग अभ्यासका लागि आएका हुन्,’ हाम्बार्बीका मुख्य प्रशिक्षक जेसपन जानसनलाई उद्धृत गर्दै क्लबको वेभसाइटमा भनिएको छ , ‘उनले यहाँ अभ्यास गरेका छन्, हामीलाई खुसी लागेको छ । सोमबारबाट हामी समूहमा अभ्यास गर्नेछौं । ‘
इब्राहिमोभिच जनवरीमा छ महिनाका लागि मिलानमा आबद्ध भएका थिए । यद्दपी उनको भविष्य मिलानमा अनिश्चित रहेको बताइएको छ ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]