default_image

4 years ago

April 19, 2020

बार्सिलोना नछाड्ने ग्रिजमनको योजना

एजेन्सी – फ्रान्सेली फरवार्ड एन्टोनी ग्रिजमनले बार्सिलोना छाड्ने योजनामा नरहेको बताइएको छ । नयाँ सिजनका लागि नेयमार र लाउटारो मार्टिनेजलाई भित्राएका खण्डमा उनीहरुसँग टोलीमा ठाँउ बनाउनका लागि प्रतिस्पर्धा गर्न ग्रिजमन तयार रहने बताइएको छ । टोलीको अग्रपक्तिमा आफुलाई प्रमाणित गर्न पनि उनले बार्सिलोना छाड्न नचाहेको अनुमान गरिएको छ । यद्यपी उनले यो सिजन सोचे अनुरुपको […]

36 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड एन्टोनी ग्रिजमनले बार्सिलोना छाड्ने योजनामा नरहेको बताइएको छ । नयाँ सिजनका लागि नेयमार र लाउटारो मार्टिनेजलाई भित्राएका खण्डमा उनीहरुसँग टोलीमा ठाँउ बनाउनका लागि प्रतिस्पर्धा गर्न ग्रिजमन तयार रहने बताइएको छ ।

टोलीको अग्रपक्तिमा आफुलाई प्रमाणित गर्न पनि उनले बार्सिलोना छाड्न नचाहेको अनुमान गरिएको छ । यद्यपी उनले यो सिजन सोचे अनुरुपको प्रदर्शन गर्न सकेका छैनन् । ग्रिजमनले बार्सिलोनाका लागि अहिले सम्म १४ गोल गरेका छन् । त्यसमध्ये केहि गोल भने टोलीका लागि अति नै महत्त्वपूर्ण रहेका छन् ।

त्यसका बाबजुद उनले लियोन मेस्सीसँगको साझेदारी विकास गरिरहेका छन् । उनले अर्को सिजन क्लबको अपेक्षा अनुसार प्रदर्शन गर्ने विश्वास लिएका छन् । मेस्सी, लुइस स्वारेज, ग्रिजमन, ओसमाने डेम्बेले, मार्टिन ब्रेथवाइटे र अन्सु फाती अहिले बार्सिलोनाको अग्रपंक्ति सम्हालिरहेका छन् ।

यी मध्ये एकले आउने सिजनले क्लब छाड्ने अपेक्षा गरिएको छ । नेयमार र लाउटारो भने यो सिजन बार्सिलोना जाने सम्भावना बलियो छ । त्यो अवस्थामा अग्रपक्तिमा मौका पाउनका लागि ग्रिजमनले पनि चर्को प्रतिस्पर्धाको सामना गर्नुपर्नेहुन्छ ।

दुई दक्षिण अमेरिकीलाई भित्राएर बार्सिलोना सबै उपाधिको लागि चुनौति दिने योजनामा छ । ग्रिजमन पनि त्यो उपाधि जित्ने सम्भवनालाई गुमाउन नचाहेको बताइन्छ । अहिले बार्सिलोनाले पनि उनलाई अर्को खेलाडीका लागि सट्टा गर्ने कुनै योजना नरहेको जनाएको उल्लेख गरिएको छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.