default_image

4 years ago

April 19, 2020

बेकह्यामको नजरमा रोनाल्डो भन्दा मेस्सी उत्कृष्ट

एजेन्सी – पछिल्लो एक दशकदेखि दुई सुपर स्टार अर्जेन्टिनी लियोन मेस्सी र क्रिस्टियानो रोनाल्डोमध्ये को उत्कृष्ट बहस चलिरहेको छ । समय क्रममा धेरैले आ आफ्नो विचार राख्दै आएका छन् । यहि क्रममा इंगल्यान्डका पूर्व कप्तान डेभिड बेकह्यामले दुई खेलाडीको तुलना गर्दै मेस्सी उत्कृष्ट रहेको बताएका छन् । खेल जीवनको उत्तर्रार्द्धमा आएका यी दुई सुपर स्टारले […]

38 views

0 Bookmark

एजेन्सी – पछिल्लो एक दशकदेखि दुई सुपर स्टार अर्जेन्टिनी लियोन मेस्सी र क्रिस्टियानो रोनाल्डोमध्ये को उत्कृष्ट बहस चलिरहेको छ । समय क्रममा धेरैले आ आफ्नो विचार राख्दै आएका छन् । यहि क्रममा इंगल्यान्डका पूर्व कप्तान डेभिड बेकह्यामले दुई खेलाडीको तुलना गर्दै मेस्सी उत्कृष्ट रहेको बताएका छन् ।

खेल जीवनको उत्तर्रार्द्धमा आएका यी दुई सुपर स्टारले अहिलेसम्म ११ पटक बालोन डी ओर जितेका छन् । मेस्सीले ६ पटक जित्दा रोनाल्डोले पाँच पटक यो प्रतिष्ठित उपाधि हात पारेका छन् । ‘मेस्सीको स्तरका उनी एक्लो खेलाडी हुन् । उनको ठाँउ अर्को खेलाडीलाई पुग्न असम्भव छ ,’ बेकह्यामले भने, ‘एउटा खेलाडीका रुपमा उनी जस्तो अर्को कोही छैन । ‘

इंग्ल्यान्डका पूर्वकप्तानले रोनाल्डो पनि आफूलाई मन पर्ने बताएका छन् । ‘मलाई रानाल्डो पनि म पर्छ । यी दुईमा क्षमताका आधारमा केहि समानता पनि छ । यी दुई खेलाडी एकै समय फुटबलमा रहनु अद्भुत हो,’ बेकहमले थपे,’ तर , मेस्सी विश्वकै उत्कृष्ट खेलाडी हुन् ।’

युभेन्ट्सका रोनाल्डोले बेकह्याको पथ पछ्याउँदै म्यानचेस्टर युनाइटेड र त्यसपछि रियल म्याड्रिडबाट खेले । तर रोनाल्डो र बेकहमले कुनै पनि प्रतिस्पर्धामा एकअर्काको सामना गरेनन् । तर पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेल्दा बेकहमले सन् २०१३ मा बार्सिलोनका सुपरस्टार मेस्सीविरुद्ध खेलेका थिए । च्याम्पियन्स लिगको नकआउट चरणमा पीएसजीलाई रोक्दै बार्सिलोना अगाडी बढेको थियो ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.