default_image

4 years ago

April 23, 2020

हामेसलाई आफ्नो क्लबमा अनुबन्ध गर्ने बेकह्यामको तयारी

एजेन्सी – डेविड बेकह्यामले आफ्नो अमेरिकी क्लब इन्टर मायमीमा रियल म्याड्रिडका कोलोम्बियन मिडफिल्डर हामेस रोड्रीग्वेजलाई अनुबन्ध गर्ने तयारी गरेका छन् । रियल म्याड्रिडका पूर्व खेलाडी समेत रहेका बेकह्यामले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग यस विषयमा सम्पर्क गरिसकेका छन् । पेरेज र बेकह्यामबीच राम्रो सम्बन्ध रहँदै आएको छ । पेरेजकै कारण बेकह्याम करीअरको उच्च विन्दुमा रियल म्याड्रिडको […]

50 views

0 Bookmark

एजेन्सी – डेविड बेकह्यामले आफ्नो अमेरिकी क्लब इन्टर मायमीमा रियल म्याड्रिडका कोलोम्बियन मिडफिल्डर हामेस रोड्रीग्वेजलाई अनुबन्ध गर्ने तयारी गरेका छन् ।

रियल म्याड्रिडका पूर्व खेलाडी समेत रहेका बेकह्यामले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग यस विषयमा सम्पर्क गरिसकेका छन् । पेरेज र बेकह्यामबीच राम्रो सम्बन्ध रहँदै आएको छ । पेरेजकै कारण बेकह्याम करीअरको उच्च विन्दुमा रियल म्याड्रिडको जर्सीमा देखिएका थिए । अब बेकह्यामले छिट्टै हामेससँग यसबारे छलफल गर्ने तयारी गरेका छन् ।

दुई सिजन लोनमा बायर्न म्युनिखमा बिताएका हामेस यसै सिजन रियल म्याड्रिड फर्केका थिए । उनले यस सिजन जम्मा १३ खेल खेल्दै १ गोल गरेका छन् । उनी जिदानको रोजाईमा पर्न छाडेका छन् । रियलले उनलाई बेच्ने प्रयास गरेपनि कुनैपनि क्लबले उनको तलबका कारण अनुबन्ध गर्न चाहेन ।

बेकह्यामको टोली इन्टर मायमीले यसै सिजनदेखि अमेरिकी लिग मेजर लिग सकर खेल्न थालेको हो । लिगको साथसाथै टोलीको पनि चर्चा बढाउन हामेसलाई अनुबन्ध गर्न खोजिएको हो । हामेसको रियलसँगको सम्झौता २०२१ जुनमा समाप्त हुँदैछ । हाल उनको बजार मुल्य रियलले ३५ मिलियन युरो तोकेको छ ।

फिफा विश्वकप २०१४ मा प्रभावशाली प्रदर्शन गरेपछि हामेस रियल आएका थिए । त्यसबेला रियलले उनलाई अनुबन्ध गर्न ८० मिलियन युरो खर्चेको थियो । सुरुवाती दुई सिजन राम्रो प्रदर्शन गरेपनि उनले जिदानको टोलीमा पर्न निकै संघर्ष गर्नुपर्यो ।

April 28, 2024

मियामीको जितमा मेस्सीको २ गोल

एजेन्सी – कप्तान लयोनल मेस्सीको प्रभावशाली प्रदर्शनमा इन्टर मियामीले अमेरिकन मेजर लिग सकर एमएलएस) आइतबार सहज जित निकालेको छ। मेस्सीले २ गोल गरेपछि मियामीले घरेलु टोली न्यु इङ्ल्यान्ड रिभोलुसनलाई ४-१ ले हराएको ग हो।पहिलो मिनेटमै कार्लोस गिलको पासमा थोमस चान्कालेले गोल गर्दे न्यु इङ्ल्यान्डलाई सुरुआती अग्रता दिलाए। ३२औं मिनेटमा मेस्सीले गोल गरेपछि पहिलो हाफमा १-१ […]

April 28, 2024

बायर लिभकुसन अझै अपराजित

एजेन्सी – यो सिजन सानदार प्रदर्शन गर्दै जर्मन बुन्डेसलिगाको च्याम्पियन बनिसकेको बायर लेभरकुसेनले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । जाभी अलन्सोको प्रशिक्षणमा गज्जवको प्रदर्शन गरिरहेको बायर लिभरकुसनले बुन्डेसलिगामा शनिबार राति भिएफबी स्टुर्टगार्टसँग २–२ गोलको बराबरी खेल्दै आफ्नो अपराजित यात्रा ४६ खेलसम्म पु¥याएको छ । लिभरकुसनले पछिल्ला तीन खेलमा अन्तिम समयमा गोल गर्दै हार टारिरहेको […]

April 28, 2024

पिएसजीको नाटकीय बराबरी

एजेन्सी – उपाधि नजिक रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा रेलिगेसन क्षेत्रमा संघर्षरत ले हार्भेसँग नाटकीय बराबरी खेल्दै हार टारेको छ । खेलको अन्त्यतिर दुई गोल गर्दै ले हार्भेसँग ३–३ गोलको बराबरी खेल्दै पिएसजीले हार टारेको हो । ले हार्भेका क्रिस्टोफेर ओपेरी, आन्द्रे एयु र अब्दुलाए टाउरेले गोल गरे । पिएसजीका ब्राड्ले […]

Success

Thank you for your time.