default_image

4 years ago

April 24, 2020

रोनाल्डो कहिल्यै मेस्सी, फेडेरेर र जोर्डनको स्तरमा पुग्दैनन्

एजेन्सी – इन्टर मिलानका पूर्व स्ट्राइकर एन्टोनियो कासानोले क्रिस्टियानो रोनाल्डो कहिले पनि लियोनल मेस्सी, माइकल जोर्डन वा रोजर फेडररको उचाईमा कहिल्यै पुग्न नसक्ने बताएका छन् । रियल म्याड्रिडमा सफल समय बिताएपनि अस्तव्यस्त खेल जीवन रहेको कारण रोनाल्डोले थुप्रै मौका गुमाएको कासानोले तर्क गरे । फुटबलको अहिले सम्मै उत्कृष्ट खेलाडीका बारेमा मेस्सी र रोनाल्डोलाई राखेका कासानोले […]

63 views

0 Bookmark

एजेन्सी – इन्टर मिलानका पूर्व स्ट्राइकर एन्टोनियो कासानोले क्रिस्टियानो रोनाल्डो कहिले पनि लियोनल मेस्सी, माइकल जोर्डन वा रोजर फेडररको उचाईमा कहिल्यै पुग्न नसक्ने बताएका छन् ।

रियल म्याड्रिडमा सफल समय बिताएपनि अस्तव्यस्त खेल जीवन रहेको कारण रोनाल्डोले थुप्रै मौका गुमाएको कासानोले तर्क गरे । फुटबलको अहिले सम्मै उत्कृष्ट खेलाडीका बारेमा मेस्सी र रोनाल्डोलाई राखेका कासानोले अर्जेन्टिनी सुपरस्टारको स्तरमा रोनाल्डो पुग्न नसक्ने बताएका छन् ।

‘क्रिस्टियानो रोनाल्डो पूर्ण रुपमा च्याम्पियन हुन् भन्नेलाई म अस्विकार गर्दिन । तर उनी मेस्सीको स्तरमा कहिल्यै पुग्ने छैनन्’, इटालियनले भने, ‘यो सत्य हो । यो भन्दा कुनै अपमान होइन । मेस्सी जन्म जात प्रतिभावान खेलाडी हुन् । म जहिले पनि रोनाल्डो भन्दा अगाडि उनलाई रोज्छु ।’

‘रोनाल्डो आफैं मिहिनेतले बनेका खेलाडी हुन् । तर मेस्सी भनेका माइकल जोर्डन, रोजर फेडेरर र डिएगो म्यारोडोना हुन् । उनीमा त्यस्तो अद्भुत क्षमता छ त्यो हाम्रो जीवनकालमा अरुमा देख्न सकिन्न ।’

खेल जीवनमा आएका थ्रुपै अवसरलाई नगुमाएको भए कासानोले आफुलाई उत्कृष्ट खेलाडीको रुपमा उभ्याउन सक्ने क्षमता भएको मान्छन् । ‘म क्षमतावान खेलाडी हु । तर मैले आफ्नो जीवन आफै खेर फालें । पाएको अवसर सदुपयोग गर्न सकिन । प्रशिक्षण गर्न अल्छि गरें, अन्य खेलाडीसँग झगडा गरें र मैले सिमा नाघें ,’ उनले भने ।

‘ अहिले मा सुध्रिएको छु । म धन्य छु की मेरो पत्नीले मलाई अहिले राम्रो अवस्थामा ल्याएकी छिन्,’ उनले थपे । इटालियन क्लब बारीबाट चर्चामा आएको कासानोले रोमामा टोट्टीसँग उधुम मच्चाएका थिए । त्यसपछि रियल म्याड्रिड आएका उनको करीअरले अपेक्षित मोड लिन सकेन ।

 

यो पनि पढ्नुहोस : मेस्सी भर्सेस रोनाल्डो : लेजेन्डहरु कसको पक्षमा ?

April 27, 2024

लिभरपुलको वेस्ट ह्यामविरुद्ध बराबरी

एजेन्सी – इंग्लिश प्रिमियर लिग उपाधि दावेदार मानिएको लिभरपुल लाई उपाधि आकांक्षामा अर्को धक्का लागेको छ । पछिल्लो समय खराब लयमा रहेको लिभरपुल आज भएको खेलमा वेस्ट ह्याम विरुद्ध २-२ को बराबरीमा रोकिएको हो । पछि परेको अवस्था उल्ट्याउँदै अग्रता लिएको लिभरपुल अन्तिममा भने बराबरीमा रोकियो । ४३औं मिनेटमा जेरड बावेनले मोहम्मद कुडुसको क्रसमा हेडर […]

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

Success

Thank you for your time.