default_image

4 years ago

April 26, 2020

म्याराडोना सबैभन्दा खराब मानिस हुन्

एजेन्सी – इटालीमा आयोजना भएको सन् १९९० को विश्वकप फाइनलमा जर्मनीले अर्जेन्टिनालाई पराजित गर्दै उपाधि जितेको थियो । उक्त खेलका रेफ्री एडगार्डो कोडसालले अर्जेन्टिनाका कप्तान डिएगो म्याराडोना सबैभन्दा खराब मानिस भएको बताएका छन् । फाइनलमा अर्जेन्टिना पराजित भएपनि खराब व्यवहारका कारण म्याराडोनाको खुब चर्चा भएको थियो । रेफ्री कोडसालले आजसम्म पनि उनको व्यवहार भुल्न नसकेको […]

39 views

0 Bookmark

एजेन्सी – इटालीमा आयोजना भएको सन् १९९० को विश्वकप फाइनलमा जर्मनीले अर्जेन्टिनालाई पराजित गर्दै उपाधि जितेको थियो । उक्त खेलका रेफ्री एडगार्डो कोडसालले अर्जेन्टिनाका कप्तान डिएगो म्याराडोना सबैभन्दा खराब मानिस भएको बताएका छन् ।

फाइनलमा अर्जेन्टिना पराजित भएपनि खराब व्यवहारका कारण म्याराडोनाको खुब चर्चा भएको थियो । रेफ्री कोडसालले आजसम्म पनि उनको व्यवहार भुल्न नसकेको बताए । उक्त खेलमा रेफ्री कोडसालले अर्जेन्टिनाका पेड्रो मन्जनलाई रातो कार्ड देखाएका थिए ।

‘मैले म्याराडोनालाई पनि त्यसबेला रातो कार्ड दिन सक्थें । उनले कहिल्यै पनि अनुशासन बुझेनन्,’ उनले भने, ‘ मैले जब मन्जनलाई रातो कार्ड देखाएँ, उनले कराउँदै मकहाँ आए र फिफाले भ्रष्टाचार गरेको बताए । मैले उनलाई त्यसबेला बाहिर पठाउन सक्थें ।’

कोडसालले उक्त खेल सुरु हुनुअघि नै म्याराडोनालाई रातो कार्ड दिन सक्ने अवस्था रहेको बताए । ‘ यदि मैले चाहेको भए उनलाई उक्त खेल सुरु हुनुअघि नै बाहिर पठाउन सक्थें । उनले त्यसबेला मैदानमा उपस्थित दर्शकलाई दुर्व्यवहार गरेका थिए,’ म्याराडोनाले अपशब्द बोल्दै दर्शकहरुलाई माझि औंला देखाएको क्षणलाई इंगित गर्दै उनले भने ।

‘मैले उनलाई सम्झाएर उनी एक खेलाडी भएको बताएँ । उनी विश्वकै उत्कृष्ट खेलाडी थिए तर उनले यो कहिले पनि बुझेनन्,’ कोडसालले थपे । उनले म्याराडोनाको व्यवहार खराब भएपनि खेल्ने क्षमतामा भने उनि अद्भुत रहेको बताए । ‘ खेलाडीको रुपमा उनले सधैं मिहिनेत गरे । मेरो सधैं सम्मान रहनेछ,’ उनले भने ।

April 30, 2024

एन्फाको यूके भ्रमण : टोली बाहिरका २० जना आफ्नै खर्चमा जाने तयारी

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को साता बेलायतमा (यूके) मा हुने मैत्रीपूर्ण खेलका लागि २३ खेलाडी र ७ टिम अफिसियलसँगै अन्य ५ भीआइपी र १५ जनाको लागि भिसा प्रक्रियाका लागि अनुरोध गरेको तथ्य आएको छ । एन्फाले टोलीमा रहेका ३० जनाबाहेक अन्य २० जनाको भने खर्च नबेहोर्ने जनाएको छ । आफ्नै […]

April 30, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा आज स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख भिड्दै छन् । बायर्नको घरेलु मैदान आलियान्ज अरिनामा हुने खेल राती १२:४५ बजे सुरु हुनेछ । यी दुई टोली पछिल्लो पटक २०१८ को च्याम्पियन्स लिग सेमिफाइनलमा र २०१७ को क्वाटरफाइनलमा एकअर्का सँग भिडेका थिए । दुवै पटक […]

April 30, 2024

भिसा नभएका कारण राष्ट्रिय फुटबल टोली बेलायत उड्न पाएन!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली भिसा नभएका कारण बेलायत भ्रमणका लागि उड्न पाएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीलाई भव्य समारोहबीच बिदा गरेपनि टोली भिसा नभएको कारण उड्न नपाएको हो । भिसा नआएका कारण मंगलबार विहान ९ बजे उड्ने भनिएको टोली निर्धारित उडान समयसम्म पनि होटेलमै रहेको छ […]

Success

Thank you for your time.