default_image

4 years ago

April 26, 2020

रोनाल्डिन्होको पक्षमा उभिए म्याराडोना

एजेन्सी – अर्जेन्टिनी महान खेलाडी डिएगो म्याराडोना ब्राजिलियन पूर्व स्टार रोनाल्डिन्होको पक्षमा उभिएका छन् । उनले रोनाल्डो अपराधी नभएको जिकिर गरेका छन् । विश्व कप विजेता रोनाल्डिन्हो अहिले पाराग्वेमा जेलमा छन् । फर्जी पासपोर्ट बोकेको भन्दै रोनाल्डिन्हो र उनको दाई पाराग्वेमा पक्राउ परेका थिए । धरौटीमा छुटेपनि उनीहरुले पाराग्वे भने छाड्न पाएका छैन । उनीहरु […]

33 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी महान खेलाडी डिएगो म्याराडोना ब्राजिलियन पूर्व स्टार रोनाल्डिन्होको पक्षमा उभिएका छन् । उनले रोनाल्डो अपराधी नभएको जिकिर गरेका छन् ।

विश्व कप विजेता रोनाल्डिन्हो अहिले पाराग्वेमा जेलमा छन् । फर्जी पासपोर्ट बोकेको भन्दै रोनाल्डिन्हो र उनको दाई पाराग्वेमा पक्राउ परेका थिए । धरौटीमा छुटेपनि उनीहरुले पाराग्वे भने छाड्न पाएका छैन । उनीहरु होटलमा बसिरहेका छन् ।

बार्सिलोना तथा एसी मिलानका पूर्व स्टारले आफुमाथि लाग्दै आएको आरोप अस्वीकार गर्दै आएका छन् । ‘रोनाल्डिन्होलाई जे गरिएको त्यसले मलाई दुःख दियो,’ उनले भने, ‘उनी कुनै अपराधी होइन । कामका लागि गएका हुन् । आदर्श खेलाडी हुनु मात्र उनको दोष हो । उनी मेरो साथी हुन् र बाचुन्जेल रहन्छन् ।’

कोभिड १९ का कारण भविष्यलाई लिएर अर्जेन्टिनाका पूर्व विश्व कप विजेता म्यारोडोनाले भविष्यका बारेमा चिन्ता गरेका छन् । ‘अब आर्थिक अवस्था पहिला जस्तै हुँदेन । अब नेताहरुले पुरानै अवस्थामा पुर्याउन मेहनत गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘भाग्यवश हाम्रा अर्जेन्टिना फुटबल संघमा उत्कृष्ट नेता छन् । मलाई आशा छ उनीहरुले उत्कृष्ट निर्णय लिनेछन् । ‘

April 30, 2024

गोदावरी मेयर कपमा कीर्तिपुरको सानदार जित

ललितपुर (हाम्रो खेलकुद) – कीर्तिपुर नगरपालिका गोदावरी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालाको मंगलबार भएको खेलमा तारकेश्वर नगरपालिकालाई ५–० ले हराउँदै कीर्तिपुरले अन्तिम आठमा स्थान बनाएको हो । कीर्तिपुरका लागि यमन मर्हजनले ह्याट्रिक गरे भने थप २ गोल इन्द्र बहादुर बस्नेतको नाममा […]

April 30, 2024

बेलबारी आदर्श च्यालेन्ज कप सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड बेलबारी एफसी मोरङले तेस्रो बुधबारेमा जारी आदर्श च्यालेन्ज कपमा इलामको रेडहर्स एफसीलाई सहज रुपमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । अन्तिम क्वार्टरफाइनल मंगलबार इलामलाई बेलबारी एफसीले २–० ले पराजित गर्दै सेमिफाइनलमा बिर्तामोड युुनाइटेडसँगको भेट पक्का गरेको छ । बेलबारीको जितसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १४औं मिनेटमा विवेक पौडेलको क्रसपासमा […]

April 30, 2024

स्वीकृति नलिएका १५ जनालाई इङ्ल्यान्ड जान रोकिने

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणका लागि राष्ट्रिय फुटबल टोलीको भिसा नआएको विषयमा युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग जानकारी लिएका छन् । त्यस्तै मन्त्री श्रेष्ठले स्वीकृती नलिएका १५ पदाधिकारी अहिले इङ्ल्यान्ड बेलायत जान नपाउने पनि बताएका छन् । इङ्ल्यान्ड सीसँग दुई मैत्रिपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली […]

Success

Thank you for your time.