default_image

4 years ago

April 27, 2020

सान्चोका लागि युनाइटेडले पोग्बा र लिंगार्ड बेच्ने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले जर्मन क्लब बोरुसिया डर्टमन्ड तथा इंग्ल्यान्डका युवा स्टार जाडोन सान्चो अनुबन्ध गर्नको लागि दुई खेलाडी बेच्ने योजना अघि सारेको छ । युनाइटेडले सान्चोका लागि फ्रान्सेली मिडफिल्डर पल पोग्बा र इंग्लिस जेसे लिंगार्डलाई आउदो समर ट्रान्सफरमा बिक्री गर्ने योजना अघि सारेको हो । म्यानचेस्टर युनाइटेडका प्रमुख इड उडवार्डले आफ्ना म्यानेजरसँग […]

44 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले जर्मन क्लब बोरुसिया डर्टमन्ड तथा इंग्ल्यान्डका युवा स्टार जाडोन सान्चो अनुबन्ध गर्नको लागि दुई खेलाडी बेच्ने योजना अघि सारेको छ ।

युनाइटेडले सान्चोका लागि फ्रान्सेली मिडफिल्डर पल पोग्बा र इंग्लिस जेसे लिंगार्डलाई आउदो समर ट्रान्सफरमा बिक्री गर्ने योजना अघि सारेको हो । म्यानचेस्टर युनाइटेडका प्रमुख इड उडवार्डले आफ्ना म्यानेजरसँग खेलाडी खरिदका लागि खेलाडी बेचेरै रकम जम्मा गर्न निर्देशन दिएपछि युनाइटेडले सान्चोलाई भित्र्याउन रकम उठाउने प्रयासमा छ ।

त्यसैले दुई खेलाडीलाई बिक्री गर्ने योजना अघि सारेको दि सन पत्रिकामा उल्लेख छ । पोग्बा र क्लबको सम्बन्ध पछिल्लो समय खराब रहेको छ । उनी लामो समयदेखि मैदान बाहिर छन् । प्रशिक्षक सोल्सजरले उनलाई आफ्नो योजनामा नराख्ने भएका छन् ।

सान्चोको मुल्य एक सय मिलियन पाउण्ड राखिएको छ । उनले यो सिजन डर्टमन्डका लागि ३५ खेलमा १७ गोल गर्नुका साथै १९ असिस्ट दिएका छन् । डर्टमन्डमा सान्चोको सम्झौता २०२२ को समरसम्म रहेको छ । म्यानचेस्टर सिटीमा हुर्किएका सान्चो २०१७ मा डर्टमन्ड पुगेका थिए । त्यहाँ उनले लगातार उच्च प्रदर्शन गरिरहेका छन् । सान्चो अनुबन्ध गर्न अन्य क्लबहरुले पनि चासो दिइरहेका छन् ।

रकम जम्मा गर्नको लागि युनाइटेडले मार्काेस रोजो, क्रिस स्मलिङ, एन्ड्रियस पेरेरालाई पनि रिलिज गर्न सक्नेछ । लिंगार्डले प्रशिक्षक ओले गनर सोल्सायरको मन जित्न सकेका छैनन् । युनाइटेडका मिडफिल्डर पोग्बा खरिदका लागि युभेन्टस इच्छुक देखिएको छ । उसले पोग्बा भित्र्याउन आरोन राम्से, मिरालिम प्यानिच र एड्रियन रबियोटलाई बेच्ने योजना अघि सारेको छ ।

April 30, 2024

गोदावरी मेयर कपमा कीर्तिपुरको सानदार जित

ललितपुर (हाम्रो खेलकुद) – कीर्तिपुर नगरपालिका गोदावरी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालाको मंगलबार भएको खेलमा तारकेश्वर नगरपालिकालाई ५–० ले हराउँदै कीर्तिपुरले अन्तिम आठमा स्थान बनाएको हो । कीर्तिपुरका लागि यमन मर्हजनले ह्याट्रिक गरे भने थप २ गोल इन्द्र बहादुर बस्नेतको नाममा […]

April 30, 2024

बेलबारी आदर्श च्यालेन्ज कप सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड बेलबारी एफसी मोरङले तेस्रो बुधबारेमा जारी आदर्श च्यालेन्ज कपमा इलामको रेडहर्स एफसीलाई सहज रुपमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । अन्तिम क्वार्टरफाइनल मंगलबार इलामलाई बेलबारी एफसीले २–० ले पराजित गर्दै सेमिफाइनलमा बिर्तामोड युुनाइटेडसँगको भेट पक्का गरेको छ । बेलबारीको जितसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १४औं मिनेटमा विवेक पौडेलको क्रसपासमा […]

April 30, 2024

स्वीकृति नलिएका १५ जनालाई इङ्ल्यान्ड जान रोकिने

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणका लागि राष्ट्रिय फुटबल टोलीको भिसा नआएको विषयमा युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग जानकारी लिएका छन् । त्यस्तै मन्त्री श्रेष्ठले स्वीकृती नलिएका १५ पदाधिकारी अहिले इङ्ल्यान्ड बेलायत जान नपाउने पनि बताएका छन् । इङ्ल्यान्ड सीसँग दुई मैत्रिपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली […]

Success

Thank you for your time.