default_image

4 years ago

April 27, 2020

जब गोट्जे मेस्सीसँग फोटो खिच्न कुदे..

एजेन्सी – फिफा विश्वकप २०१४ अन्तर्गत अर्जेन्टिनाविरुद्ध फाइनलमा जर्मनीका स्टार मारियो गोट्जेले अतिरिक्त समयमा गोल गर्दै अर्जेन्टिनीहरुलाई निराश पारेका थिए । बेन्चबाट गएर १ सय १३ औं मिनेटमा भलमार्फत गोट्जेले गोल गरेपछि लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनालाई १–० ले हराउँदै जर्मनीले विश्वकप उपाधि जितेको थियो । गोट्जे जो फाइनलको नायक बनेका थिए, उनको आदर्श खेलाडी […]

38 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०१४ अन्तर्गत अर्जेन्टिनाविरुद्ध फाइनलमा जर्मनीका स्टार मारियो गोट्जेले अतिरिक्त समयमा गोल गर्दै अर्जेन्टिनीहरुलाई निराश पारेका थिए ।

बेन्चबाट गएर १ सय १३ औं मिनेटमा भलमार्फत गोट्जेले गोल गरेपछि लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनालाई १–० ले हराउँदै जर्मनीले विश्वकप उपाधि जितेको थियो । गोट्जे जो फाइनलको नायक बनेका थिए, उनको आदर्श खेलाडी मेस्सी थिए भन्ने कमैले अनुमान गरेका थिए । उनको गोलको केहि समय पछि जर्मनी टोलीले विश्व कप उपाधि उचालेको थियो । जर्मनीले विश्व कप जितेको त्यो चौथो पटक थियो ।

फाइनलपछि २२ वर्षे गोट्लेले आफू मेडलसहित अर्जेन्टिनी कप्तान मेस्सीसँगको उभिएको फोटो समाजिक सञ्जालमा हाल्दै लेखे ‘जिनियस‘ अर्थात् प्रतिभावान । त्यो फोटोको विषयमा स्मरण गर्दै गोट्जेले अन्तवार्तामा भनेका छन्, ‘इमान्दार भएर भन्दा म कन्फ्रेन्स रुममा थिए । मैले म्यान अफ दी म्याच अवार्ड जितेको थिए । त्यति बेला मैले मेस्सीलाई पछाडि देखें । म उनी भएको ठाँउमा कुद्दै गए । त्यसपछि मैले उनलाई फोटो खिच्नको लागि आग्रह गरें ।’

विश्वकप फाइनल हार्दाको निरासहाजनक क्षणमा पनि मेस्सीले सहजता पूर्वक लिएकोमा गोट्जे प्रभावित भएको सुनाए । उनले भने,’मेस्सी साच्चै राम्रो व्यवहारका छन् ।’ मेस्सी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल जित्न सफल भएका थिए ।

April 30, 2024

गोदावरी मेयर कपमा कीर्तिपुरको सानदार जित

ललितपुर (हाम्रो खेलकुद) – कीर्तिपुर नगरपालिका गोदावरी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालाको मंगलबार भएको खेलमा तारकेश्वर नगरपालिकालाई ५–० ले हराउँदै कीर्तिपुरले अन्तिम आठमा स्थान बनाएको हो । कीर्तिपुरका लागि यमन मर्हजनले ह्याट्रिक गरे भने थप २ गोल इन्द्र बहादुर बस्नेतको नाममा […]

April 30, 2024

बेलबारी आदर्श च्यालेन्ज कप सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड बेलबारी एफसी मोरङले तेस्रो बुधबारेमा जारी आदर्श च्यालेन्ज कपमा इलामको रेडहर्स एफसीलाई सहज रुपमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । अन्तिम क्वार्टरफाइनल मंगलबार इलामलाई बेलबारी एफसीले २–० ले पराजित गर्दै सेमिफाइनलमा बिर्तामोड युुनाइटेडसँगको भेट पक्का गरेको छ । बेलबारीको जितसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १४औं मिनेटमा विवेक पौडेलको क्रसपासमा […]

April 30, 2024

स्वीकृति नलिएका १५ जनालाई इङ्ल्यान्ड जान रोकिने

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणका लागि राष्ट्रिय फुटबल टोलीको भिसा नआएको विषयमा युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग जानकारी लिएका छन् । त्यस्तै मन्त्री श्रेष्ठले स्वीकृती नलिएका १५ पदाधिकारी अहिले इङ्ल्यान्ड बेलायत जान नपाउने पनि बताएका छन् । इङ्ल्यान्ड सीसँग दुई मैत्रिपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली […]

Success

Thank you for your time.