default_image

4 years ago

April 30, 2020

साम्बाको सपना

प्रकाश तिमल्सिना, काठमाडौं फरवार्ड सावित्रा भण्डारी (साम्बा) विना महिला राष्ट्रिय फुटबल टोली कम्तीमा अहिलेका लागि कल्पना गर्न सकिन्न । पछिल्लो समय राष्ट्रिय टोलीले प्राप्त गरेका हरेक सफलतामा उनले अलग छाप छाड्दै आएकी छिन् । राष्ट्रिय टोली होस् वा नेपाल एपिएफ टोलीले भाग लिएको प्रतियोगिता, साम्बाले गोल त गरेकै हुन्छिन् । महिला फुटबलमा आउने नयाँ पुस्ताका […]

73 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

फरवार्ड सावित्रा भण्डारी (साम्बा) विना महिला राष्ट्रिय फुटबल टोली कम्तीमा अहिलेका लागि कल्पना गर्न सकिन्न । पछिल्लो समय राष्ट्रिय टोलीले प्राप्त गरेका हरेक सफलतामा उनले अलग छाप छाड्दै आएकी छिन् । राष्ट्रिय टोली होस् वा नेपाल एपिएफ टोलीले भाग लिएको प्रतियोगिता, साम्बाले गोल त गरेकै हुन्छिन् ।

महिला फुटबलमा आउने नयाँ पुस्ताका अधिकांश खेलाडी साम्बालाई आदर्श खेलाडी मान्छन् । उनले राष्ट्रिय टोलीका लागि जति गोल गरेकी छिन् त्यो सायद अर्को खेलाडीलाई त्यति नै समयमा पूरा गर्न कठिन हुनेछ । राष्ट्रिय टोलबाट खेल्न थालेको ५ वर्ष पुग्दा नपुग्दै साम्बाले राष्ट्रिय टोलीबाट ३८ गोल गरिसकेकी छिन् । महिला खेलाडीका लागि मात्र होइन पुरुष खेलाडीका लागि पनि उनले प्राप्त गरेको सफलता फलामको चिउरा सरह हुनेछ ।

पुरुष फुटबलका लागि हरि खड्काको सर्वाधिक १३ गोलको कीर्तिमानलाई सन् २००८ मा नीराजन रायमाझीले बराबरी  गरेका थिए । हरि र नीराजन अहिले राष्ट्रिय टोलीमा छैनन् । १२ वर्षदेखि पुरुषतर्फको त्यो कीर्तिमान भंग हुन सकेको छैन। साम्बाले भने गएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दौरान फरवार्ड अनु लामाको ३५ गोलको कीर्तिमानलाई बराबरीमात्र गरिनन् ३८ गोल पुर्याएकी छन् ।

अनुकै पुस्तालाई देखेर आफुले सपना देख्ने गरेको साम्बा सम्झिन्छिन् । ‘सर्वाधिक गोल गर्ने खेलाडी भएको सम्झदा आफुलाई गौरवान्वित महसुस गर्छु । सुरुवातमा केही सोचेको थिइन् । के गर्ने कसरी खेल्ने भन्ने नै थियो । खेलेर के गर्ने भन्ने नै थिएन्’, उनले स्मरण गरिन्, ‘पहिला टिभीमा जमुना गुरुङ, अनु लामा दिदीहरु खेलेको देखेर सपना देख्न थालेको थिए ।’

साम्बा आज जहाँ छिन् यो यसै प्राप्त गरेको सफलता भने होइन । सामान्य परिवारबाट उठेर, जोखिम मोल्दै, समाजले के भन्छन् भन्ने परवाह नगरि र लगातारको मेहनतले यहाँ सम्म आएकी हुन् । एथलेटिक्सबाट सुरु भएको उनको खेल जीवन भलिबल अनि फुटबलमा पुगेर रमाउन थालेको हो । एपिएफमा आबद्ध भएपछि उनको खेल जीवनले गति लिएको थियो ।

आफ्नै लम्जुङ जिल्लाको घँले गाँउमा एउटा फुटबल प्रतियोतिगा खेल्न जाँदा रेफ्री शुक्र लामासँग भेट हुनुलाई उनी आफ्नो जीवनको टर्निङ प्वाइन्ट मान्छिन् । ‘तिमी राम्रो खेल्ने रहेछौं । एपिएफबाट खेल्यो भने अझै राम्रो गर्न सक्छौं भन्नु भएको थियो’ , उनले भनिन्, ‘२०७० सालमा म राजधानी छिरे । परिवारले नरोकेपनि समाजले छोरी मान्छे एक्लै जाने भन्नेमा आपत्ती जनाएको थियो । तर भैले त्यसको पर्वाह गरिन ।’ उनलाई एपिएफले सुरुमा एक महिनाको करारमा राखेका थियो ।

तत्कालिन स्टारहरु जमुना, अनुहरु शान्ति सेनामा गएको बेला टोलीमा फरवार्डको अभाव । त्यति समय उनका लागि मौका बन्यो । उनले फरवार्डमा खेल्ने मौका पाइन् । ‘सुरुवातमा एथलेटिक्समा खेल्दा एकदम गाह्रो थियो । जिल्लामा सय मिटरमा स्वर्ण पदक जित्दा पनि गाह्रो हुन्थ्यो । सुरुमा मार्कमा बस्दा मुटुको चाल बढ्थ्यो’ , उनले भनिन्, ‘एपिएफमा मैले केहि समय भलिबल पनि खेले । मलाई फुटबलनै मन पर्थ्यो । भलिबल खेल्दा पनि फुटबल नै छोए जस्तो लाग्थ्यो ।’

फुटबलसँगको उनको कहानी भने गाँउबाट सुरु भएको थियो । त्यो समय सम्झदा नि पिडादायी हुने साम्बा बताउँछिन् । ‘त्यो बेलामा केटीसाथीहरु थिएनन् । ठुलो ममीको छोरी सरला भण्डारी थिइ । उ पनि पढ्न काठमाडौ आएपछि कोही भएन । केटा साथीहरुसँग खेल्न निकै गाह्रो हुन्थ्यो आफ्नो पालो पर्खनु पर्थ्यो’, उनले पुराना दिन सम्झिइन्, ‘घरको सबै काम सकेर खेल्न जाँदा उनीहरु घर फर्केर जाने बेला हुन्थ्यो । म आफैले बनाएको मोजाको बल लिएर जान्थे । साना भाइबहिनीहरु सँग खेल्ने गर्थे ।’

एपिएफमा जाँदा पहिलो भेट मनमाया लिम्बुसँग भएको साम्बालाई अहिले पनि याद छ । ‘उहाँले मलाई नयाँ प्लेयर हो तलब कति हो भनेर सोध्नुभयो’, उनले भनिन्, ‘मलाइ केही थाहा छैन भनें ।’

सुरुवाती दिनका बारेमा साम्बाले थपिन्, ‘मैले एउटा बुट मात्र लिएर गएको थिएँ । पछि दिदीहरुले पानी लिएर आउ, एउटा लुगा लिएर आउ भन्नुभयो । सिकाउनु भयो । पछि प्रेम कुमार श्रेष्ठ सरले तिमीलाई एक महिनापछि सम्झौतामा राख्ने भनेपछि मलाई पैसाभन्दा पनि कसरी राम्रो गर्ने भनेर सोधेको थिएँ ।’

एपिएफमा करारमा आबद्ध भएको समयमा उनी पहिला ठुलोमम्मीकी छोरी सरलासँगै बस्थिन् । ‘म वनस्थलीबाट हिडेर नै ट्रेनिङको लागि एपिएफ पुग्थे। त्यो बेलामा सरलाले नक्कली विद्यार्थी कार्ड बनाइदिएकी थिई’, उनले भनिन्, ‘तर त्यो बस भाडा १० रुपैयाँले डाइट हुन्थ्यो भनेर म हिडेर नै जान्थे । म हरेक रात सुत्दा दिनभरको कुरा सोच्थें।’

एपिएफमा खेल्दाका सुरुका दिन अहिले जस्तो सहज नभएको उनले सुनाइन् । ‘सुरुका दिन एपिएफमा पनि कठिन थिए । राष्ट्रिय महिला लिगमा राम्रो नतिजा दिन सकेनौं । त्यो बेला चितवनमा हामी आर्मीसँग हारेका थियौं’ , उनले भनिन्, ‘सबैजना नयाँ खेलाडी थियौं टोलीमा । मसँगै हिरा कुमारी भुजेल, एन्जीला तुम्बापो सुब्बा थियौं । सिनियर खेलाडीहरु मिसनमा हुनुहुन्थ्यो। सुरुमा टिम सेट हुन नै गाह्रो थियो । पछि प्रधानसेनापतिमा पनि हामी फेरि आर्मीसँग नै पराजित भयौं ।’

लगातार प्रशिक्षण, मेहनत र टिम सेट पछि एपिएफ पछिल्लो समय महिला फुटबलको सबै भन्दा बलियो टोलीका रुपमा स्थापित भयो । गत वर्ष धनकुटामा भएको महिला प्रतियोगिता बाहेक पछिल्लो ३ वर्षमा एपिएफले महिला फुटबलका सबै प्रतियोगिता जित्दै आएको छ । एपिएफको सफलताको महत्वपर्ण सदस्य मध्ये साम्बा एक हुन् ।

राष्ट्रिय टोलीबाट उनको यात्रा भने सन् २०१४ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिपबाट भएको थियो । वैकल्पिक खेलाडीका रुपमा उनले डेब्यू गरेकी थिइन् । उनले डेब्यू खेल स्मरण गर्दै भिनन्, ‘अनु दिदीको स्थानमा मलाई पठाइएको थियो । भुटानविरुद्ध मेरो डेब्यु खेल थियो । मैले जाने वित्तिकै पहिलो मिनेटमा नै गोल गरेको थिए । मैले त्यो च्याम्पियनसिपमा अधिकांश खेल वैकल्पिक रुपमा खेलेको थिएँ ।’

अधिकांश खेलमा अनुकै वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्ने गरेकी उनले अन्ततः उनकै कीर्तिमान तोडिन् । ५ वर्ष भन्दा लामो अन्तर्राष्ट्रिय खेल जीवनमा उनलाई दुईवटा क्षण अविष्मरणीय लाग्छ । एउटा झन्डै डेढ बर्ष अघि भारतमा भएको हिरो गोल्ड कपमा भारतलाई हराउँदा गरेको गोल । ‘गोलकिपरले रोकिसकेको बल रिबाउन्डमा मैले गोल गरेको थिए । अहिले सम्ममा हामीले भारतलाई हराएको त्यो पहिलो पटक थियो’, उनले उत्साहित हुँदै भनिन्, ‘अर्को अनु दिदीको कीर्तिमान तोडेर नयाँ इतिहास रचेको दिन ।’

अहिलेसम्म राष्ट्रिय टोलीलाई च्याम्पियन बनाउन नसकेकोमा भने उनलाई आफैसँग गुनासो छ । एक पटक समूह चरणबाटै बाहिरिनु बाहेक महिला टोलीले खेलेको साग र साफ च्याम्पियनसिपको फाइनल खेल्दै आएको छ । तर हरेक पटक टोलीले दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ । हरेक पटक भारतसँगै निराश हुनु परेको तितो अनुभव सुनाउँदै साम्बाले दोहोर्याइन्, ‘हाम्रै खेल जीवनमा हामी साफ च्याम्पियन बन्नेछौं । महिला टोलीले गत वर्ष ओलम्पिक छनोटको दोस्रो चरणको यात्रा तय गरेको थियो भने साग र साफ च्याम्पियनसिप बाहेक हिरो गोल्डकप र नामेझ्दा कपको पनि फाइनल खेलेको थियो ।’

साफ र सागमा जहिले पनि भारतसँगै पराजित हुँदै आएको तितो अनुभव सुनाउँदै उनले भनिन्, ‘भारतलाई हराउन हामीले बढी भन्दा बढी खेल्न जरुरी छ । मोफसल, महिला लिग र उमेर समूहमा राम्रो गर्न सक्यौं भने हामीले भारतलाई पराजित गर्न धेरै गाह्रो हुँदैन ।’

गतवर्ष ९ महिनाको अन्तरमा नेपाल र भारतले दुई पटक फाइनल खेले । २०७५ को फागुनमा विराटनगरमा साफ च्याम्पियनसिपको फाइनल खेलेका यी दुई टोलीले गत मंसिरमा पोखरामा सागको स्वर्ण पदकका लागि भिडेका थिए । दुवैमा नेपाल पराजित भएको थियो ।

साफ च्याम्पियनसिपलाई स्मरण गर्दै उनले भनिन्, ‘सधैं फाइनलमा भारतसँग पराजित हुँदा निकै गाह्रो हुन्छ। पहिलो हाफमा हामीले डोमिनेट गरे पनि दोस्रो हाफमा राम्रो गर्न सकेनौं । हरी खड्का सरको चाहना पनि पुरा हुन सकेन । त्यो बेलामा सबैको आखाँमा आँसु थियो । पक्कैपनि त्यो क्षण हाम्रो लागि राम्रो थिएन । हामी पनि रोइरहेका थियौं । त्यो बेला मुखमा आएको खाना नै छिने जस्तो भएको थियो ।’

राष्ट्रिय टोलीलाई उपाधि दिलाउने सपना पुरा गर्न बाँकी रहेपछि व्यावसायिक जीवनमा भने साम्बाले सफलता चुमेकी छिन् । पछिल्लो दुई वर्ष उनले भारतीय महिला लिग अलग अलग टोलीबाट खेल्दा दुवैलाई च्याम्पियन बनाएकी थिइन् । त्यसअघि दुई सिजन उनले अनिता बस्नेतले माल्दिभ्समा फुटसल खेलेका थिए । उनले अनुभव साटिन्, ‘मालदिभ्समा फुटसल खेलेका थियौं । बालुवामा खेलिरहँदा गाह्रो नै थियो। सेमिफाइनलसम्म टोलीलाई पुर्यायौं । पछि पुलिसबाट पनि खेल्दा फाइनलमा पराजित भयौ ।’

आई लिगको पछिल्लो दुई सिजनबाट भने उनी आफ्नो व्यवासायिक जीवनले उचाई लिएको विश्वास गछिन् । ‘आइलिगमा जाँदा निकै उत्साहित थियौं । सेथुबाट सुरुवातमा मणिपुरसँग खेल्दा निकै गाह्रो भयो । घाइते पनि भए । त्यसले गर्दा पनि समस्या भयो। टोलीलाई च्याम्पियन बनाएपनि सर्वाधिक गोलकर्ता बन्न सकिन,’ उनले भनिन् ।

गतवर्ष अनुले सेथु रोज्दा साम्बा भने गोकुलम केराला एफसी गइन् । ६ वटा क्लबबाट प्रस्ताव आए पनि उनले गोकुलम रोजेको सुनाइन् । ‘धेरै राम्रा खेलाडी थिएनन् त्यसैले पनि केही दबाब महसुस भएको थियो । सुरुमा टोली सेमिफाइनल सम्म जान्छ कि जादैन भन्नेमा शंका थियो,’ उनले भनिन्, ‘सेमिफाइनल पुग्यौं । जीवनमा पहिलो पटक अनिता दिदी विरुद्ध खेल्नु पर्यो । हामी एक अर्कालाई गोल हान्ने भन्थ्यौ। यो पटक मलाई सर्वाधिक गोलकर्ता पनि लक्ष्य थियो जुन गत वर्ष अधुरौ नै थियो । टोली पनि च्याम्पियन बन्यो । मैले पनि उच्च गोलकर्ता वापत १ लाख भारतीय रुपैयाँ पाए ।’

नेपाल र भारतको लिगको बारेमा भने तुलानै गर्न नमिल्दे उनी अनुभव छ । ‘हामी १० हौं भने उनीहरु ९० हो । हाम्रो लिग १०/१२ दिनमा सकिन्छ । मोफसलमा कुनै प्रतियोगिता नै छैन। त्यहाँ १ महिना लिग चल्छ । त्यहाँ सबै क्लबमा विदेशी खेलाडी हुन्छन् यहाँ त्यस्तो छैन’, उनले सुनाइन्, ‘अन्य क्लबमा पनि अब्बल खेलाडीहरु हुँदा पनि आफूलाई  सावित गर्न सक्नु र नेपालको नाम अगाडि ल्याउँदा गर्व महसुस हुन्छ । यहाँ त्यस्तो प्रतिस्पर्धात्मक कहिले होला ।’

घरेलु फुटबल ३ विभागिय टोली (एपिएफ, आर्मी र पुलिस) मात्रै धानेको उल्लेख गर्दै साम्बाले भनिन्, ‘आफ्नो भविष्यको लागि पनि सबैको रोजाइ विभाग नै हुने गर्छ,’ रौतहतमा एन्फाले महिला एकेडेमी तयार पार्दै गरेकोमा उनले भनिन्, ‘एउटा एकेडेमीले मात्रै खेलाडी उत्पादन हुन्छन् भन्ने मलाई लाग्दैन । त्यसको लागि प्रतियोगिता नै हुन पर्छ ।’

महिला र पुरुषमा एन्फाले दिने तलबदेखि प्रतियोगिता हरेक विषयमा फरक हुँदा दुःख लाग्ने उनले सुनाइन् । ‘अहिले राष्ट्रिय टोलीमा ३ विभागकै खेलाडीको बाहुल्यता छ । एउटा लिगबाहेक प्रधानसेनापति कपले मात्रै महिला फुटबल धानेको छ । यहि अवस्थाले अझै मोफसलबाट खेलाडी आउन सक्दैनन्’, उनले थपिन्, ‘अन्तर्राष्ट्रिय म्याच एक्सपोजर पाउने भनेको राष्ट्रिय टोलीका खेलाडीले मात्रै हुन् । जिल्लाका खेलाडीले त्यस्तो अवसर कहिले पाउने । बढी भन्दा बढी खेलाडीले अवसर पाउँदा मात्र राष्ट्रिय टोली बलियो हुन्छ ।’

आइ लिगले आफुलाई राम्रो अनुभव मिलेको उल्लेख गर्दै साम्बाले युरोप गएर खेल्ने रहर रहेको सुनाइन् । ‘म यो विषयमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग आफ्नो कुरा जानकारी गराउछु । ट्रायल मात्र दिने मौका पाएपनि आफूलाई सावित गर्नसक्छु भन्ने विश्वास छ । आशा छ अबको यात्रा त्यसतर्फ नै हुनेछ ।’

सावित्रासँगको भिडियो अन्तर्वार्ता :

May 4, 2024

आर्सनलद्वारा बर्नमाउथ पराजित

एजेन्सी – इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा रहेको टोली आर्सनलले बर्नमाउथलाई पराजित गरेको छ । शनिबार भएको दिनको पहिलो खेलमा आर्सनल ३-० ले विजयी भएको हो । आक्रामक खेल प्रदर्शन गरेतापनि आर्सनलले अग्रता लिन पहिलो हाफको अन्त्य कुर्नु परेको थियो । बर्नमाउथका गोलरक्षक मार्क ट्राभर्सले काई हाभर्ट्ज माथि फाउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै बुकायो […]

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

Success

Thank you for your time.