default_image

4 years ago

May 1, 2020

बार्सिलोनामै बस्ने आर्थरको चाहना

31 views

0 Bookmark

एजेन्सी – ब्राजिली स्टार मिडफिल्डर अर्थर मेलोले लामो समय क्याटलान क्लब बार्सिलोनामै बस्ने इच्छा रहेको स्पष्ट पारेका छन् । क्लबले आफूलाई बेच्ने तयारी गरिरहेको चर्चा चुलिएपछि मेलोले बार्सिलोना छाड्ने पक्षमा नरहेको र लामो समय बार्सिलोनामै बस्न चाहेका बताएका हुन् ।

बार्सिलोनाका लेजेन्ड जाभी हर्नान्डेजको उत्तराधिकारीको रुपमा हेरिएको २३ वर्षीय मेलोलाई बार्सिलोनाले आगामी समरमा बेच्ने चर्चा चलेको छ । उनको सट्टामा इटालियन क्लब युभेन्टसका मिडफिल्डर मिरोलेम प्यानिचलाई अनुबन्ध गर्ने तयारी थालेको स्पेनमा विभिन्न सञ्चार माध्यमले जनाएका  थिए । प्ले मेकर मेलोले बार्सिलोनाका लागि हालसम्म ६७ खेलमा ४ गोल गरेका छन् ।

मेलोले सरुवा बजारमा चर्चा चल्नु र अन्य क्लबहरुले पनि चासो दिनु स्वभाविक रहेपनि यसबारे आफुलाई केही थाहा नरहेको बताएका छन् । मेलो २०१८ मा ब्राजिली क्लब ग्रेमियोबाट ३१ मिलियन पाउन्डमा ६ वर्षको लागि बार्सिलोना आएका थिए । बार्सिलोनामा आएलगत्तै उनले आफ्नो छाप छोड्न सफल भएको र अहिले टोलीका मुख्य खेलाडीको रुपमा रहेका छन् ।

आफ्नो सरुवा एकाएक चुलिएपछि आर्थरले बार्सिलोना छोड्ने कुनै मनासय नरहेको बताएका छन् । ‘बजारमा यस्ता चर्चा र अनुमान चल्नु स्वभाविक नै हो । यो नयाँ कुरा होइन । इमान्दारिताका साथ भन्नुपर्दा म बार्सिलोनामै लामो समय रहन चहान्छु,’ मेलोले भने, ‘म मेरो विचारमा स्पष्ट छु । मेरो अहिलेको लक्ष्य भनेको टोलीको प्रमुख हिस्सा बन्नु र टिमलाई धेरै भन्दा धेरै योगदान दिनु हो ।’

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

Success

Thank you for your time.