5 years ago
May 1, 2020
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले दायाँ आँखामा गम्भिर चोट लागेर विराटनगर आँखा अस्पतालमा उपचार गराइरहेकी महिला फुटबल खेलाडी समिक्षा मगरलाई आर्थिक सहयोग गरेको छ ।
एन्फाले उपचारका लागि शुक्रबार २५ हजार रुपैयाँ सहयोग गरेको हो । उदयपुरको बेलका नगरपालिका ५ की समिक्षाको आँखामा वैशाख १२ गते बारीमा काम गर्ने क्रममा चोट लागेको थियो । उनको परिवारको आर्थिक अवस्था कमजोर रहेको बताइएको छ ।
एन्फाका सहायक महासचिव वसन्त आर्यालले अस्पताल पुगेर शुक्रबार समिक्षाका बाबुलाई रकम हस्तान्तरण गरेका थिए । एन्फाका केन्द्रिय सदस्य अध्यक्ष रहेको विराट सांग्रिला स्पोर्टिङ क्लबले पछि शुक्रबार नै समिक्षाको उपचारका लागि २५ हजार रुपैयाँ सहयोग गरेको थियो ।
समिक्षाकी प्रशिक्षक भगवती रानामगरका अनुसार आँखामा गम्भिर चोट लागेको र त्यहाँ उपचार सम्भव नभए काठमाडौं लाने योजना रहेको बताइन् । उनका अनुसार वैशाख १२ गते कोदालोले बारी खन्ने क्रममा ढुंगा उछिट्टिएर उनको आँखामा चोट लागेको थियो ।
तर चोट लागेको भोली पल्ट मात्र उनलाई उपचारका लागि विराटनगर लगिएको थियो । डक्टरहरुले गम्भिर खालको चोट छ भन्नुभएको छ, उनले भनिन्, सायद थप उचारका लागि काठमाडौं लानुपर्ने हुन सक्छ ।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]