default_image

4 years ago

May 3, 2020

रोनाल्डिन्हो जस्तै भएकाले मेस्सीले नेयमार मन पराउँछन्

एजेन्सी – मोनाकोका मिडफिल्डर सेस फाब्रिगासले नेयमारको खेललाई बार्सिलोनाका पूर्व स्टार रोनाल्डिन्होसँग तुलाना गरेका छन् । नेयमार सन् २०१७ मा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । बार्सिलोनाका पूर्व सहकर्मीले लिग वानमा पुगेर प्रभाव छाडेको फाब्रिगसाले बताएका छन् । यी दुईले बार्सिलोनामा सँगै रहेर पनि खेलेका थिए । ‘नेयमार राम्रा खेलाडी हुन् । उनी […]

54 views

0 Bookmark

एजेन्सी – मोनाकोका मिडफिल्डर सेस फाब्रिगासले नेयमारको खेललाई बार्सिलोनाका पूर्व स्टार रोनाल्डिन्होसँग तुलाना गरेका छन् ।

नेयमार सन् २०१७ मा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । बार्सिलोनाका पूर्व सहकर्मीले लिग वानमा पुगेर प्रभाव छाडेको फाब्रिगसाले बताएका छन् । यी दुईले बार्सिलोनामा सँगै रहेर पनि खेलेका थिए ।

‘नेयमार राम्रा खेलाडी हुन् । उनी रोनाल्डिन्होको स्तरका भएका छन्’, उनले भने, ‘उनी सुपर स्टार हुन् । उनले जसरी चाहन्छन् त्यसरी खेलमा प्रभाव पार्न सक्छन् ।  मेस्सी त्यहि भएर उनलाई टोलीमा चाहन्थे । मैले केहि अगाडि उनीसँग खेलें । पिएसजीसँगको दुई खेलमा उनले हामीलाई हराएका थिए ।’

बार्सिलोनामा खेल्दाको समयको पनि फाब्रिगासले स्मरण गरेका छन् । ‘लियोनल मेस्सी, लुइस स्वारेज लगायत टोलीका अन्य खेलाडीले उनलाई मन पराउँथे’ , फेब्रिगसाले भने, ‘कुनै पनि समय उनी बल ड्रिबल गर्न सक्थे । पास निकाल्न सक्थे । कठिन खेलमा पनि उनको केहि न केहि योगदान हुन्थ्यो ।’

मैदान बाहिर फाब्रिगास नेयमारको आलोचक रहन्थे । तर अहिले भने उनीको धारणा बदलिएको छ । ‘उनी एकदमै सहज छन्’, उनले भने, ‘मैदान बाहिर उनमा बालपन छ । उनी बच्चा जस्तै छन् । उनी जहिले पनि खुसी हुन्छन् र जीवनमा मजा लिन्छन् ।’

बार्सिलोना छाडेर फेब्रिसास २०१४ मा चेल्सी गएका थिए । उनले बार्सिलोनाबाट एट्लेटिको म्याड्रिड विरुद्ध अन्तिम खेल खेलेका थिए । त्यहि खेलबाट एट्लेटिकोले क्याम्प नोउमा उपाधि जितेको थियो । फाब्रिगास त्यहि खेलपछि चेल्सीको यात्रा तय भएको स्मरण गर्छन् ।

‘त्यो बेला मलाई टाटा मार्टिनोले हरेक खेलमा खेलाउँथे । मैले खेल जीवनमा त्यो समय सबै भन्दा बढी खेले । मैले एक वर्षमा झन्डै ६० खेल खेलेको थिएँ’, उनले भने, ‘मैले त्यति बेला पहिलो रोजाईमा मौका पाएको थिए । जाभी हर्नान्डेज सुरुवाती रोजाइमा परेनन् । खेलमा म संलग्न नभएको एक गोल अफसाइड दिइयो । म लालिगा खेलेरै बस्न सक्थें तर घरेलु मैदानमा लिग हारेपछि छाड्ने निर्णय लिएँ ।’

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.