default_image

4 years ago

May 6, 2020

डिबालाको बाध्यता

एजेन्सी – अर्जेन्टिना तथा इटालियन क्लब युभेन्टसका स्टार फरवार्ड पाउलो डिबालाले फुटबल धेरै ‘मिस’ गरिरहेको बताएका छन् । कोभिड–१९ का कारण खेलाडीहरुले गएको मार्च दोस्रो साता यता खेल्न पाएका छैनन् ।  यो महामारीको बीचमा नै डिबालाले फुटबल धेरै ‘मिस’ गरिरहेको बताएका हुन् । इटली सरकारले खेलाडीहरूलाई सोमबारदेखि प्रशिक्षणमा फर्कन अनुमति दिएपछि क्लबहरु प्रशिक्षणमा फर्किरहेका छन् […]

38 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिना तथा इटालियन क्लब युभेन्टसका स्टार फरवार्ड पाउलो डिबालाले फुटबल धेरै ‘मिस’ गरिरहेको बताएका छन् । कोभिड–१९ का कारण खेलाडीहरुले गएको मार्च दोस्रो साता यता खेल्न पाएका छैनन् । 

यो महामारीको बीचमा नै डिबालाले फुटबल धेरै ‘मिस’ गरिरहेको बताएका हुन् । इटली सरकारले खेलाडीहरूलाई सोमबारदेखि प्रशिक्षणमा फर्कन अनुमति दिएपछि क्लबहरु प्रशिक्षणमा फर्किरहेका छन् । इटालीमा सिजनका बाँकी खेल पुनः सुरु गर्ने तयारी गरिरहेको छ ।

उनको टोली युभेन्टसले पनि प्रशिक्षण शुरु गरिसकेको छ । तर, उनी भने आइसोलेसनमै रहेको छ । पछिल्लो ६ हप्तामा चौथोपटक कोरोना पोजेटिभ देखिएपछि अहिले आराम गरिरहेका छन् । उनले आफूलाई स्वस्थ राख्न आरामको आवश्यकता भएको बताएका छन् । उनी पनि कोरोना संक्रमण हुने खेलाडी हुन् । डिबालासँगै युभेन्टसका ड्यानियल रुगानी र ब्लेइस माटुइडीलाई कोरोना संक्रमण देखिएको थियो । दुई खेलाडी भने निको भइसकेका छन् ।

‘तपाईंलाई साँचो कुरा भन्छु । मैले सोचेको थिइन कि यो समय मैले खेल्न र अभ्यास छोड्ने छु भनेर,’ डिबालाले भने, ‘मलाई लाग्छ मैले अभ्यास गर्नुपर्छ । मेरो टोलीका साथीहरूलाई हेर्नुहोस् । उनीहरूले कम्तीमा बल छुन पाएका छन् । तर, मैले मेरै घरमा अभ्यास गर्न पाएको छैन ।’

‘अभ्यास नगरेको धेरै लामो समय भयो । मलाई थाहा छैन, म प्रशिक्षणमा कहिले फर्किन्छु । किनकि यो छुट्टी जस्तो होइन,’ उनले थपे । डिबालाले युभेन्टसका लागि यो सिजन ३४ खेलमा १३ गोल गरेका छन् । डिबाला २०१५ देखि युभेन्टसमा रहेका छन् । उनले युभेन्टसबाट ४ पटक सिरी ‘ए’, तीनपटक कोपा इटालिया र दुईपटक सुपरकोपा इटालिया जितेका छन् ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.