default_image

4 years ago

May 7, 2020

युभेन्ट्सका फरवार्ड डिबाला कोरोना मुक्त

एजेन्सी – इटालियन क्लब युभेन्टसका अर्जेन्टिनी फरवार्ड पाउलो डिबालामा कोरोना भाइरस (कोभिड–१९) मुक्त भएको छ । डिबालाले झन्डै ८ सातापछि कोरोनालाई जितेका हुन् । ६ साताको बीचमा चौथो पटक परिक्षणमा पनि कोरोना संक्रमण पोजिटिभ देखिएपछि डिबाला पुनः आइसोलेसनमा रहेर उपचार गराइरहेका थिए । युभेन्टसले बुधबार राति डिबाला कोरोनामुक्त भएको विज्ञप्तिमा उल्लेख गरेको छ । डिबाला […]

36 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब युभेन्टसका अर्जेन्टिनी फरवार्ड पाउलो डिबालामा कोरोना भाइरस (कोभिड–१९) मुक्त भएको छ । डिबालाले झन्डै ८ सातापछि कोरोनालाई जितेका हुन् ।

६ साताको बीचमा चौथो पटक परिक्षणमा पनि कोरोना संक्रमण पोजिटिभ देखिएपछि डिबाला पुनः आइसोलेसनमा रहेर उपचार गराइरहेका थिए । युभेन्टसले बुधबार राति डिबाला कोरोनामुक्त भएको विज्ञप्तिमा उल्लेख गरेको छ । डिबाला र उनकी प्रेमिका दुवैले मार्च २१ मा कोरोना संक्रमण रहेको सार्वजनिक गरेका थिए ।

त्यसबेला उनलाई कुनै किसिमको कठिनाइ नरहेको र आफ्नै अपार्टमेन्टको क्वारेन्टिन बसेको बताएका थिए । तर,पछिल्लो समय उनको अवस्थामा केहि समस्या आएको र परिक्षणमा पनि पोजिटिभ नै देखिएको छ । ‘अब डिबाला स्वस्थ्य भइसकेको छ । उनी अब घरभित्र नै रहनुपर्ने छैन । उनले म ठीक छु भनेर पुष्टि गर्न सक्नुहुनेछ ।’ विज्ञप्तिमा उल्लेख छ ।

इटली सरकारले क्लबहरुलाई प्रशिक्षणमा अनुमति दिएपछि युभेन्टसले पनि मंगलबारदेखि नै प्रशिक्षण शुरु गरिसकेको छ । भर्खरै कोरेनालाई जितेका डिबाला अब कम्तीमा पनि दुई साता क्वारेन्टाइनमा बस्दै प्रशिक्षणमा फर्कन सक्नेछ । युभेन्टसका अन्य दुई खेलाडी ड्यानियल रुगानी र ब्लेइस म्याथुइडीले यसअघि नै कोरोनालाई जितिसकेका छन् ।

‘मेरो अनुहारले नै यो सब भनिरहेको छ । तपाईलाई सत्य कुरा भन्नु छ, मैले कहिले सोचेको थिइन कि मैले खेल्ने र अभ्यास गर्ने कुरा हराइरहेको छु ।’ डिबालाले इन्स्टाग्राम लाइभमा भने, ‘मलाई लाग्छ कि मैले अभ्यास गर्नुपर्दछ । मेरो टोलीका साथी र साथीहरु हेर्नुहोस उनीहरुले कम्तीमा पनि बल छुन पाएका छन् । मैले घरमा बल छुन पाएको छैन । मलाई बुट लगाएर दौडन र गोल गर्ने सोच आएको छ । खेलाडीको लागि हर चीज महत्वपुर्ण हुन्छ ।’

सन् २०१४ मा पालेर्मोबाट युभेन्टस आएका उनले पछिल्लो समय आक्रमणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । उनले हालसम्म २ सय १६ खेल खेल्दै ९१ गोल र ३६ असिस्ट दिएका छन् । गत सिजन युभेन्टसले उनलाई अन्यत्र पठाउने तयारी गरेपनि अन्तिम समयमा उनले क्लबमै रहने निर्णय गरेका थिए ।

कोरोनाबाट प्रभावित राष्ट्रमा इटली पनि रहेको छ । इटलीमा २ लाख १० हजार बढीमा कोरोना संक्रमण देखिदा २९ हजार बढीले ज्यान गुमाएका छन् ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.