default_image

4 years ago

May 9, 2020

मार्टिनेज आउनेमा बार्सिलोना आशावादी

एजेन्सी – बार्सिलोनालाई थाहा छ इन्टर मिलानबाट लाउटारो मार्टिनेजलाई भित्राउन सहज हुने छैन । कारण ती स्तरिय फरवार्डलाई भित्राउन अन्य क्लब पनि उत्तिकै इच्छुक छन् । जसले गर्दा उनको मुख्य पनि उच्च हुने अनुमान गरिएको छ । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पनि मार्टिनेजको अवस्था नियालिरहेको छ । पिएसजीसँगै अन्य क्लबसँग पनि बार्सिलोनाले प्रतिस्पर्धा गर्नुपर्ने […]

47 views

0 Bookmark

एजेन्सी – बार्सिलोनालाई थाहा छ इन्टर मिलानबाट लाउटारो मार्टिनेजलाई भित्राउन सहज हुने छैन । कारण ती स्तरिय फरवार्डलाई भित्राउन अन्य क्लब पनि उत्तिकै इच्छुक छन् । जसले गर्दा उनको मुख्य पनि उच्च हुने अनुमान गरिएको छ ।

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पनि मार्टिनेजको अवस्था नियालिरहेको छ । पिएसजीसँगै अन्य क्लबसँग पनि बार्सिलोनाले प्रतिस्पर्धा गर्नुपर्ने हुन सक्छ । यद्दपी बार्सिलोना पनि अर्जेन्टिनी फरवार्डलाई समेट्न आफ्नो तर्फबाट हर सम्भव प्रयास गर्नेछ । बार्सिलोनाको अर्को बलियो आधार भनेको मार्टिनेज आफैं पनि क्याप नोउ जान इच्छुक छन् ।

मार्टिनेजका लागि १ सय ११ मिलियन युरोको आसपास रिलिज क्लज रहेको छ । आर्टुरो भिडाल र निल्सन सेमेडोलाई विक्री गर्न सकेको खण्डमा मार्टिनेजलाई किन्न बार्सिलोना बलियो हुनेछ । इन्टरले पनि बार्सिलोनाको प्रस्तावलाई सहजै स्वीकार गर्ने देखिन्न । किनकी उनलाई लिन चाहने क्लबको संख्या धेरै छ । त्यस्तो अवस्थामा क्लब आफैले पनि अर्जेन्टिनी फरवार्डसँग नयाँ सम्झौताको प्रस्ताव गर्न सक्नेछ । तर यसअघि मार्टिनेजले एक पटक प्रस्ताव अस्वीकार गरिसकेका छन् ।

रियल म्याड्रिड र म्यानचेस्टर सिटीले पनि यसअघि मार्टिनेजमा चासो देखाएका थिए । अहिले पिएसजी उनका लागि प्रस्ताव राख्ने बलियो टोलीको रुपमा रहेको छ । कारण एडिन्सन काभानीको सम्झौता सकिने क्रममा छ । माउरो इकार्डीको लोन पनि टुंगिने क्रममा छ । केलियन एमबाप्पे पनि ढिला चाँडो क्लब छाड्नेमा देखिन्छन् । नेयमार पनि पिएसजी छाड्ने मौकाको खोजीमा छन् ।

बार्सिलोना र पिएसजी पछिल्लो केहि समयमा सम्बन्ध राम्रो छैन । कारण माथिज डी लिग्टलाई भित्राउनमा यी दुई टोलीबीच प्रतिस्पर्धा थियो । तर, लिग्ट भने युभेन्ट्स पुगेका थिए । तर बार्सिलोना भने लियोनल मेस्सीसँग खेल्न पाउने आशाका साथ मार्टिनज क्याप नोउ नै रोज्ने विश्वासमा छन् ।

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.