default_image

4 years ago

May 9, 2020

एमबाप्पे भन्छन् – बेन याडेर पनि गोल्डन बुटका हकदार

एजेन्सी – लिग वानका गोल्डेन बुट विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) का केलियन एमबाप्पेले मोनाकोका विसम बेन याडेरसँग ट्रफी सेयर गर्नु पर्ने धारणा राखेका छन् । दुवैले लिग वानमा यो सिजन समान १८ गोल गरेका थिए । कोरोना भाइरसका कारण लिग वान लगायत विश्वका अधिकांश लिग स्थगित भएका थिए । लिग वानलाई त्यहि अन्त्य गर्दै […]

39 views

0 Bookmark

एजेन्सी – लिग वानका गोल्डेन बुट विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) का केलियन एमबाप्पेले मोनाकोका विसम बेन याडेरसँग ट्रफी सेयर गर्नु पर्ने धारणा राखेका छन् । दुवैले लिग वानमा यो सिजन समान १८ गोल गरेका थिए ।

कोरोना भाइरसका कारण लिग वान लगायत विश्वका अधिकांश लिग स्थगित भएका थिए । लिग वानलाई त्यहि अन्त्य गर्दै पिएसजीलाई विजेता घोषित गरिएको थियो । तर समान गोल गर्नका बाबजुद एमबाप्पलाई गोल्डन बुटको विजेता घोषणा गरिएको थियो । एमबाप्पेलाई गोल्डन बुट प्रदान गर्नुको कारण उनले ओपन प्लेमा गरेको गोल संख्यालाई मानिएको छ । जबकी बेन याडेरले पेनाल्टीबाट ३ गोल गरेका थिए ।

एमबाप्पले ट्विट गर्दै बेन याडेर पनि उपाधिको हकदार भएको उल्लेख गर्दै गत सिजन प्रिमियर लिगको उदाहरण प्रस्तुत गरेका थिए । प्रिमियर लिगमा गत सिजन मोहम्मद सलाह, साडियो माने र पिएर इम्रिक औबामेयाङले संयुक्त रुपमा गोल्डन बुट अवार्ड जितेका थिए । उनीहरुले समान २२ गोल गरेका थिए ।

एमबाप्पेले ट्विट गरेका छन्, ‘सन्देशका लागि सबैलाई धन्यवाद छ । मलाई लाग्छ विसम पनि यो उपाधिका हकदार थिए । प्रिमियर लिगमा गत सिजन त्यस्तै भएको थियो । ‘

एमबाप्पेको ट्विटमा प्रतिक्रिया दिने क्रममा बेन याडेरले भनेका छन्, ‘धन्यवाद साथी । अनि तिमिलाई बधाई छ । यदि तिमिले चाह्यौं भने हामीले पालै पालो लिन सक्छौं । ‘

मार्चमा लिग वान स्थगित हुँदा दोस्रो स्थानको मार्से भन्दा पिएसजी १२ अंकले अगाडि रहेको थियो । त्यसैका आधारमा पिएसजी च्याम्पियन घोषित भएको थियो ।

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.