default_image

4 years ago

May 10, 2020

युभेन्टस र लियोनको खेल हुने मिति पक्का

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को दोस्रो लेग अन्तर्गत फ्रान्सेली क्लब लियोन र इटालियन च्याम्पियन युभेन्टसबीच खेल हुने मिति तय भएको छ । पहिलो लेगमा लियोन १-० ले विजयी रहेको थियो । लियोका अध्यक्ष जन मिसेल औलासले एक अन्तर्वार्ताका क्रममा यूईएफएले तोकेको खेल हुने मितिको खुलासा गरेका हुन् । औलासका अनुसार […]

38 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को दोस्रो लेग अन्तर्गत फ्रान्सेली क्लब लियोन र इटालियन च्याम्पियन युभेन्टसबीच खेल हुने मिति तय भएको छ । पहिलो लेगमा लियोन १-० ले विजयी रहेको थियो ।

लियोका अध्यक्ष जन मिसेल औलासले एक अन्तर्वार्ताका क्रममा यूईएफएले तोकेको खेल हुने मितिको खुलासा गरेका हुन् । औलासका अनुसार लियोनले युभेन्टसको घरेलु मैदानमा अगष्ट ७ तारिखमा खेल्नेछ । फ्रान्सेली लिग रद्द भएसँगै लियोनले अब च्याम्पियन्स लिगमा मात्र सहभागिता जनाउनेछ । फ्रान्सेली टोलीलाई यसले बेफाइदा हुने अध्यक्ष औलासले बताए ।

‘ हाम्रो युभेन्टससँगको खेल अगष्ट ७ का लागि पक्का भएको छ । खेल टुरीनमा हुनेछ र बन्द रंगशालामा खेल खेलाइनेछ । हामीले यसको विरुद्ध अपिल त गरेका छौं । यदि खेल हुने नै भयो भने हामी र पिएसजीलाई भने अन्य टोलीको तुलनामा निकै बेफाइदा हुनेछ,’ औलासले भने ।

फ्रान्समा सेप्टेम्बर महिनासम्म कुनै पनि खेलकुद गतिवधि संचालन गर्न नपाइने नियम बनेपछि फ्रान्सेली लिग रद्द गरिएको थियो । अन्य लिगको हकमा भने लिग अझैपनि सुचारु हुने सम्भावना रहेको छ । यससँगै लियोन र पिएसजीले अब सिधै आफ्नो च्याम्पियन्स लिगका खेलहरु खेल्नेछन् ।

च्याम्पियन्स लिगको राउन्ड अफ १६ अन्तर्गत युभेन्टस-लियोन, म्यानचेस्टर सिटी-रियल म्याड्रिड, बायर्न-चेल्सी तथा बार्सिलोना-नेपोलीका खेल बाँकी छन् । एटलान्टा, लाइपजिग, एटलेटिको म्याड्रिड र पिएसजीले भने क्वाटरफाइनलमा स्थान पक्का गरिसकेका छन् ।

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.