default_image

4 years ago

May 10, 2020

एम्बाप्पेले रियलमा रोनाल्डोको स्थान लिनेछन्

एजेन्सी – विश्व विजेता फ्रान्सका केलियन एमबाप्पे अहिलेको अवस्थामा उत्कृष्ट युवा स्टार खेलाडीको रुपमा उभिएका छन् । पछिल्लो तीन वर्षमा गरेको प्रदर्शनले नै उनले विश्व फुटबलको ध्यान खिच्न सफल भएका छन् । यिनै २१ वर्षे युवा स्टार केलियन एमबाप्पे पछिल्लो समय स्पेनिस क्लब रियल म्याड्रिडसँग जोडिएका छन् । तर, पछिल्लो बिकसित घट्टाक्रमका कारण पेरिस सेन्ट […]

46 views

0 Bookmark

एजेन्सी – विश्व विजेता फ्रान्सका केलियन एमबाप्पे अहिलेको अवस्थामा उत्कृष्ट युवा स्टार खेलाडीको रुपमा उभिएका छन् । पछिल्लो तीन वर्षमा गरेको प्रदर्शनले नै उनले विश्व फुटबलको ध्यान खिच्न सफल भएका छन् ।

यिनै २१ वर्षे युवा स्टार केलियन एमबाप्पे पछिल्लो समय स्पेनिस क्लब रियल म्याड्रिडसँग जोडिएका छन् । तर, पछिल्लो बिकसित घट्टाक्रमका कारण पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार एमबाप्पेको रियलमा स्थानान्तरण यो समरमा नभई अर्काे समरमा मात्रै हुन सक्ने छ ।

रियलले कोरोना भाइरस (कोभिड–१९) का क्लबको आर्थिक संकटलाई ध्यानमा राख्दै अर्काे समरमा मात्रै एमबाप्पेलाई अनुबन्ध गर्ने बताइसकेको छ । यसक्रममा इंग्लिस क्लब लिभरपुलले पनि एमबाप्पे अनुबन्धमा चासो देखाएको छ ।

यसै क्रममा पीएसजीका पूर्व प्रशिक्षक उनाई इम्रीले एमबाप्पे रियलमा अनुबन्ध भएको अवस्थामा उनी रियलको महत्वपुर्ण खेलाडी बन्न सक्ने बताएका छन् ।प्रशिक्षक इम्रीले रियलमा एमबाप्पेले रोनाल्डोको स्थान लिँदै बालोन डिओर जित्न सक्ने समेत थपेका छन् ।

‘अवश्य पनि एमबाप्पे म्याड्रिडका लागि सुहाउँदो र क्षमतावान खेलाडी हुन् । उनले रियलमा रोनाल्डोले जस्तै आफ्नो छवि स्थापित गर्न सक्नेछन् । जब म फ्रान्समा थिए । त्यहाँ मैले एमबाप्पे पाएका कारण खुसी थिएँ । जब म लन्डन आए, उनलाई प्रिमियर लिगमा देख्ने चाहना बढ्यो । म स्पेन फर्किए भने म त्यहाँ उनलाई चहान्छु,’ आर्सनल र सेभियाका पूर्व प्रशिक्षक इम्रीले भने ।

‘एमबाप्पेले पीएसजीमा सबै कुरा पाएका छन् । तर, केही योजना पीएसजीबाट पुरा नभएको हुन सक्दछ । व्यक्तिगत रुपमा ब्यालोन डी’ओर र च्याम्पियन्स लिग जित्ने उनको योजना पुरा हुने अर्काे विकल्प भनेको म्याड्रिड नै हो ।’

उनले फुटबलमा बार्सिलोना र रियल म्याड्रिड जस्तो दुई उत्कृष्ट टोली रहेको र ति क्लबहरुमा उत्कृष्ट खेलाडीहरु देख्न पाइएको र अझै देख्न पाइने बताए ।

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.