default_image

4 years ago

May 11, 2020

रोनाल्डोको नजरमा बालोन डी’ओरका हकदार ५ खेलाडी

एजेन्सी – ब्राजिलियन महान खेलाडी रोनाल्डो नाजारियो आफ्नो खेल जीवनमा दुई पटक बालोन डी ओर उपाधि जिते । उनको नजरमा भने ५ खेलाडी बालोन डी ओरका हकदार थिए जसले उक्त सफलता हात पार्न सकेनन् । आफ्नो समयमा ब्राजिललाई विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका रोनाल्डो ती पूर्व फुटबल स्टारहरुमाथि अन्याय भएको बताएका छन् । उनको नजरमा […]

43 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन महान खेलाडी रोनाल्डो नाजारियो आफ्नो खेल जीवनमा दुई पटक बालोन डी ओर उपाधि जिते । उनको नजरमा भने ५ खेलाडी बालोन डी ओरका हकदार थिए जसले उक्त सफलता हात पार्न सकेनन् ।

आफ्नो समयमा ब्राजिललाई विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका रोनाल्डो ती पूर्व फुटबल स्टारहरुमाथि अन्याय भएको बताएका छन् । उनको नजरमा इटालीका अलेसान्द्रो डेल पिएरो, फ्रान्सिस्को टोटी र पाउलो माल्दिनी तथा राउल गोन्जालेज र रोर्बेटो कार्लोसले बालोन डी ओर जित्नुपर्ने थियो ।

उनकै ब्राजिलियन पूर्व सहकर्मी कार्लोस बालोन डी ओरमा दुई पटक रोनाल्डो भन्दा पछि परेका थिए । डेल पियरो सँगको कुराकानीमा रोनाल्डोले भने, ‘मलाई लाग्छ उनीहरु बालोन डी ओर पाउन हकदार खेलाडी हुन् । विश्वकप जित्दा होस् या रियल म्याड्रिड, उनले राम्रो प्रदर्शन गरेका थिए । ‘

स्पेनिस फरवार्ड राउल एक पटक सन् २००१ बालोन डी’ओर उपाधिको नजिक पुगेका थिए । त्यति बेला लिभरपुलका माइकल ओवनले रियल म्याड्रिडका कप्तान राउललाई पछि पार्दै उपाधि जितेका थिए । इटालीका महान डिफेन्डर माल्डिनी पनि दुई पटक उपाधिको नजिक पुगेका थिए । इटालीकै फरवार्डद्वय डेल पिएरो र टोटी भने कहिल्यै मनोनयमा परेनन् ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.