default_image

4 years ago

May 12, 2020

नेयमार र एम्बाप्पे यो सिजन पिएसजीमै

एजेन्सी – फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का दुई स्टार ब्राजिली नेयमार र फ्रेन्च फरवार्ड केलियन एमबाप्पेले यसै सिजन पेरिस छाड्ने चर्चा चलिरहेको बेला टिमका सहयात्री एन्डर हरेराले उनीहरु यो सिजन पीएसजीमै रहने बताएका छन् ।  गएको वर्षदेखि नै नेयमार र एमबाप्पेलाई अनुबन्धको लागि युरोपका चर्चित क्लबहरु बार्सिलोना, रियल म्याड्रिड र लिभरपुलले चासो […]

41 views

0 Bookmark

एजेन्सी – फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का दुई स्टार ब्राजिली नेयमार र फ्रेन्च फरवार्ड केलियन एमबाप्पेले यसै सिजन पेरिस छाड्ने चर्चा चलिरहेको बेला टिमका सहयात्री एन्डर हरेराले उनीहरु यो सिजन पीएसजीमै रहने बताएका छन् । 

गएको वर्षदेखि नै नेयमार र एमबाप्पेलाई अनुबन्धको लागि युरोपका चर्चित क्लबहरु बार्सिलोना, रियल म्याड्रिड र लिभरपुलले चासो देखाइरहेका छन् । ब्राजिली नेयमार बार्सिलोनासँग एकदमै नजिकिएको र बार्सिलोना पनि नेयमारलाई फर्काउन आतुर छ । यता, रियलले यो सिजन असम्भव जस्तै रहेकाले अर्काे सिजन एमबाप्पेलाई अनुबन्ध गर्न योजना बनाइरहँदा लिभरपुलले एमबाप्पेलाई मोटो रकम खर्चने तयारी गरिरहेको छ ।

बिकराल आर्थिक अवस्थाका कारण एमबाप्पे र नेयमारले फ्रान्स नछाड्ने आधारहरु रहेकाले दुवै जना आगमी सिजन क्लबमै देखिने हरेराले बताएका छन् । ‘नेयमार र एमबाप्पे फ्रान्समा रहन्छन् र अर्को सिजन पिएसजीबाटै खेल्नेछन् । मैले लकडाउनअघि नेयमारसँगै डिनर गरेको थिए । उनले अहिले पीएसजीमा एकदमै खुसी रहेको बताएका थिए । त्यसैले पिएसजीले यसै सिजन नेयमार र एम्बाप्पेलाई बेच्न सक्दैन । हल्लाको पछि लाग्नु हुँदैन, अहिले दुवैको स्थानान्तरण सम्भव देखिँदैन । उनीहरु दुवैजना प्रशिक्षक थोमस टचेलसँग खुसी छन्,’ हेरेराले भने ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण फुटबल क्लबहरु आर्थिक संकटको सामना गरिरहेको बेला उनीहरुको स्थानान्तरणको हल्ला चलेपनि दुबै खेलाडीले एकैपटक क्लब छाड्ने सम्भावना न्युन छ । नेयमार २०१७ मा बार्सिलोनाबाटै विश्व कीर्तिमानी १९८ मिलियन पाउन्डमा पिएसजीमा अनुबन्धित भएका थिए । त्यहाँ गएको सिजन देखि नै नेयमार पीएसजीमा खुसी हुन नसकेको समाचारले सञ्चार माध्यममा स्थान पाएको थियो ।

यता, एमबाप्पेले पनि आफ्नो सम्भावित ट्रान्सफरलाई बलियो बनाउन पीएसजीसँग आफ्नो रिलिज क्लज मागेका छन् । एमबाप्पे पनि २०१७ मै फ्रेन्च क्लब मोनाकोबाट पीएजसी पुगेका थिए । कोभिड १९ अघि एमबाप्पेको रिलिज क्लज २५० मिलियन पाउन्ड हुन सक्ने आँकलन गरिएपनि पीएसजीले नेयमार बराबरकै प्रतिसाता ६ लाख पाउन्डको प्रस्तावसहित एमबाप्पेलाई क्लबमै राख्ने प्रयासमा छन् । एमबाप्पे पनि यसमा खुसी रहेको र पीएजसीमै बस्ने अनुमान गरिएको छ । कोरोनाका कारण फ्रेन्च लिग वान रद्ध भएपछि एक साता अघि नै पिएसजीलाई विजेता घोषणा गरिसकेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.