default_image

4 years ago

May 13, 2020

बेललाई न्युक्यासलको आकर्षक प्रस्ताव

एजेन्सी – इंग्लिस क्लब न्युक्यासल युनाइटेडले वेल्स तथा स्पेनिस क्लब रियल म्याड्रिडका स्टार फरवार्ड ग्यारेथ बेललाई क्लबमा अनुबन्धका लागि आकर्षक प्रस्ताव पेश गर्ने भएको छ ।  पछिल्लो समय रियलमा संघर्ष गरिरहेको अवस्थामा न्युक्यासलले बेललाई आकर्षक प्रस्ताव अघि सारेको हो । न्युक्यासलले ३० वर्षीय बेललाई ५३ मिलियन पाउन्डको प्रस्ताव गर्ने उल्लेख गर्दै प्रिमियर लिगमा फर्काउने योजना […]

37 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब न्युक्यासल युनाइटेडले वेल्स तथा स्पेनिस क्लब रियल म्याड्रिडका स्टार फरवार्ड ग्यारेथ बेललाई क्लबमा अनुबन्धका लागि आकर्षक प्रस्ताव पेश गर्ने भएको छ । 

पछिल्लो समय रियलमा संघर्ष गरिरहेको अवस्थामा न्युक्यासलले बेललाई आकर्षक प्रस्ताव अघि सारेको हो । न्युक्यासलले ३० वर्षीय बेललाई ५३ मिलियन पाउन्डको प्रस्ताव गर्ने उल्लेख गर्दै प्रिमियर लिगमा फर्काउने योजना बनाएको छ ।

बेल पछिल्लो समय रियलमा खुसी छैनन् । विशेष गरी क्लबका प्रशिक्षक जिनेदिन जिदानसँग बेलको सम्बन्ध राम्रो रहेको छैन । त्यसैले पनि बेल रियल छोड्ने योजनामा छन् । यससँगै बेल अनुबन्धमा न्युक्यासल पनि उभिएको छ । यसअघि बेलकै पुर्व क्लब टोटेनहम र अमेरिकी एमएलएस क्लब इन्टर मियामीले पनि बेलमा चासो देखाइरहेको छ ।

साउदी अरेबियाको सार्वभौम धन कोषले इंग्लिस प्रिमियर लिग क्लब न्युक्यासल खरिद गर्ने प्रक्रिया अघि सारिरहेको छ । साउदीको कोषले ३ सय मिलियन पाउण्डमा न्युकसलको स्वामित्व खरिद गर्न क्लबका मालिक माइक एस्लीसँग सम्झौता गरिसकेको छ ।

साउदीले खरिद गर्ने प्रक्रिया अगाडी बढाएसँगै प्रिमियर लिगले स्वीकृति दिन बाँकी छ । साउदीको लगानी सम्भव भएमा न्युक्यासलले आउदो समरमा खेलाडी अनुबन्धमा ३०० मिलियन पाउन्ड खर्च गर्ने योजना बनाइरहेको छ ।

कोरोना महामारीको कारण रियल म्याड्रिडले केही स्टार खेलाडी बेचेर आर्थिक भार कम गर्ने योजनामा छ । जसमा बेलसँगै हामेस रोड्रिग्वेज लगायतका खेलाडी छन् । बेल २०१३ मा त्यतिबेलाको विश्व कीर्तिमानी मुल्यमा ८६ मिलियन पाउन्डमा टोटेनहम हट्सपरबाट रियलमा पुगेका थिए । उनले रियलमा सबैखाले उपाधि जितिसकेका छन् ।

बेलले यो सिजन रियलका लागि १८ खेलमा ३ गोल मात्रै गरेका छन् । रियलमा हालसम्म बेलले २४९ खेलमा १०५ गोल गरेका छन् । बेलले रियलबाट चारपटक युइएफए च्याम्पियन्स लिग, समान तीनपटक फिफा क्लब विश्वकप र युइएफए सुपर कप तथा समान एकपटक स्पेनिस ला लिगा, कोपा डेल रे र स्पेनिस सुपरकोपा जितेका छन् ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.