default_image

4 years ago

May 14, 2020

‘डर्टमण्डमै केन्द्रित छु’ : हालान्ड

46 views

0 Bookmark

एजेन्सी – नर्वे तथा जर्मन क्लब बोरुसिया डर्टमण्डका युवा स्टार अर्लिङ ब्राउट हालाण्डले स्पेनिस क्लब रियल मड्रिड जाने हल्लालाई अस्वीकार गरेका छन् । १९ वर्षे युवा फरवार्ड हालाण्डले आफु डर्टमण्डमै केन्द्रित रहेको बताउँदै रियल जाने चर्चालाई अस्वीकार गरेका हुन् ।

गत जनवरीमा अष्ट्रियन क्लब रेडबुल साल्जवर्गबाट डर्टमन्ड आएयता सनसनी प्रदर्शन गरेपछि रियलले १९ वर्षे फरवार्ड हालाण्डलाई अनुबन्ध गर्ने समाचार सञ्चार माध्यममा बाहिरिएको थियो । ‘म यहाँ (डर्टमन्ड) मा केन्द्रित छु । मलाई चाहनेमा ध्यान दिएको छैन ।’ हालाण्डले भने, ‘म मेरो कामबारे सोच्छु जुन मलाई मन पर्छ । मेरो ध्यानमा यसैमा छ । पक्कै पनि मैले डर्टमण्डमा राम्रो सुरुवात गरे । हरेक दिन सुधार गर्न म केन्द्रित छु । म अझै राम्रो गर्ने कोशिस गर्ने छु ।’

हालान्डको रिलिज क्लज ६५ मिलियन पाउन्ड छ । जनवरीमा साल्जवर्गबाट डर्टमण्ड आएका हालाण्डले ११ खेलमा १२ गोल गरिसकेका छन् । गोल मेसिनको रुपमा अघि बढिरहेको हालान्डले यो सिजन उनले ३३ खेलमा ४० गोल गरेका छन् । जसमा १० गोल च्याम्पियन्स लिगमा मात्रै रहेको छ ।

कोरोना भाइरसको महामारीपछि स्थगित बुन्डेस लिगा यही शनिबारदेखि सुचारु हुँदैछ । डर्टमण्ड दोस्रो स्थानमा रहेको छ । डर्टमण्ड शीर्ष स्थानको बायर्न म्युनिख भन्दा ४ अंकले पछि रहेको छ । डर्टमन्डको ५१ तथा बायर्नको ५५ अंक छ ।

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

Success

Thank you for your time.