default_image

4 years ago

May 15, 2020

रियलका सबै फरवार्ड र हालान्डको गोल बराबर

एजेन्सी – जर्मनीमा कोरोना संक्रमणको स्थिति केहि मथ्थर भएपछि जर्मन फुटबलको शीर्ष डिभिजन लिग जर्मन बुन्डेसलिगा शनिबारदेखि सुरु हुँदैछ । लिगको पहिलो साता रिभरडर्बीमा बोरुसिया डर्टमुन्ड र साल्का आमनेसामने हुँदैछन । नर्वेका युवा फरवार्ड एर्लीङ हालान्ड पछिल्लो समय विश्व फुटबलका उदाउँदो स्टारका रुपमा दरिएका छन् । यसै जनवरी ट्रान्सफर विन्डोमा अष्ट्रियाको आरबी साल्जबर्गबाट जर्मन क्लब […]

57 views

0 Bookmark

एजेन्सी – जर्मनीमा कोरोना संक्रमणको स्थिति केहि मथ्थर भएपछि जर्मन फुटबलको शीर्ष डिभिजन लिग जर्मन बुन्डेसलिगा शनिबारदेखि सुरु हुँदैछ । लिगको पहिलो साता रिभरडर्बीमा बोरुसिया डर्टमुन्ड र साल्का आमनेसामने हुँदैछन ।

नर्वेका युवा फरवार्ड एर्लीङ हालान्ड पछिल्लो समय विश्व फुटबलका उदाउँदो स्टारका रुपमा दरिएका छन् । यसै जनवरी ट्रान्सफर विन्डोमा अष्ट्रियाको आरबी साल्जबर्गबाट जर्मन क्लब डर्टमुन्ड आइपुगेका उनले आफ्नो लयलाई कायम राखेका छन् । जारी सिजन उनले साल्जबर्गको समेत गोल जोड्दा कुल ४० गोल गरेका छन् । यो गोल संख्या स्पेनिस क्लब रियल म्याड्रिडका सबै फरवार्डले गरेको गोल संख्या जोड्दा बराबर हुन् आउँछ ।

हालान्डले लिग सुचारु भएपछि गोल गरेको खण्डमा उनले रियलका सबै फरवार्डले गरेको गोलसंख्यालाई उछिन्नेछन् । रियलका लागि जारी सिजन फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले सर्वाधिक १९ गोल गरेका छन् । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछि रियलले उनको स्थान लिनसक्ने खेलाडी भेटेको छैन ।

रोनाल्डोपछि रियलका समर्थकले ग्यारेथ बेलबाट गरिएको आशा पूर्ण रुपमा निराशामा बदलिएको छ । बेलले यो सिजन जम्मा ३ गोल गरेका छन् र उनको मैदानबाहिरको व्यवहारले समर्थकहरुलाई रुष्ट बनाएको छ । यसै सिजन जर्मन क्लब फ्रान्कफर्टबाट रियल आएका सर्बियाका फरवार्ड लुका जोभिचले २ गोल गरेका छन् । जोभिच चोटका कारण मैदानबाहिर रहेकाले अब गोल थपिनेमा शंका छ ।

रियलका लागि सर्वाधिक गोल गर्ने सूचिको दोस्रो स्थानमा कप्तान सर्जियो रामोस छन् । रामोसले पेनाल्टीमा ५ गोलसहित कुल ७ गोल गरेका छन् । युवा विंगर रोड्रीगो पनि ७ गोल सहित दोस्रो स्थानमा नै छन् । यद्यपि उनले अन्य खेलाडीझैं लगातार अवसर भने पाएका छैनन् । अर्का फरवार्ड मारियानो डियाजले १ गोल मात्र गरेका छन् ।

यसै सिजन मोटो रकममा चेल्सीबाट रियल आएका विंगर इडेन हाजार्डले जम्मा १ गोल गरेका छन् । रियलले उनीबाट निकै अपेक्षा राखेको थियो । तर चोटका कारण उनले मैदानमा समय बिताउन पाएका छैनन् । लिग सुचारु भएको अवस्थामा हाजार्डबाट रियलले निकै आशा राखेको छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.