default_image

4 years ago

May 17, 2020

क्रुस प्रिमियर लिग जाने सपना देख्दैनन्

एजेन्सी – मिडफिल्डर टोनी क्रुसको रियल म्याड्रिडसँगको सम्झौता सन् २०२३ सम्म रहेको छ । त्यसैले क्रुसले अहिले सम्म इंग्ल्यान्ड जाने विषयमा कल्पना नगरेको बताएका छन् । क्रुस २०१४ मा जर्मन क्लब बायर्न म्युनिखबाट रियल पुगेका थिए । रियलमा उनी टोलीको महत्वपूर्ण सदस्य रहँदै आएका छन् । जर्मन मिडफिल्डर क्रुसले रियलसँगको सम्झौता सम्म कतै नजाने प्रष्ट […]

28 views

0 Bookmark

एजेन्सी – मिडफिल्डर टोनी क्रुसको रियल म्याड्रिडसँगको सम्झौता सन् २०२३ सम्म रहेको छ । त्यसैले क्रुसले अहिले सम्म इंग्ल्यान्ड जाने विषयमा कल्पना नगरेको बताएका छन् । क्रुस २०१४ मा जर्मन क्लब बायर्न म्युनिखबाट रियल पुगेका थिए ।

रियलमा उनी टोलीको महत्वपूर्ण सदस्य रहँदै आएका छन् । जर्मन मिडफिल्डर क्रुसले रियलसँगको सम्झौता सम्म कतै नजाने प्रष्ट पारेका छन् । त्यसपछि मात्र अर्को निर्णय लिने उनले बताएका छन् ।

‘मेरो अहिलेको योजना भनेको अबको तीन वर्ष रियलमै रहने हो । त्यसपछि म ३३ वर्षको हुनेछु । त्यति बेला आफैसँग प्रश्न गर्नेछु । त्यो बेला मेरो शारीरिक र मनोबल कस्तो हुन्छ ,’ उनले भने, ‘म अहिले जस्तै रहन्छु वा फरक हुन्छु ।’

रियलसँगको सम्झौता सकिएपछि मात्र अरु विषय सोचिने उनले बताए । ‘त्यति बेला पनि अहिले जस्तै प्रदर्शन गर्न सकेको अवस्थामा अर्को एक वर्षको प्रस्ताव आएमा त्यसलाई पनि स्वीकार्न सकिनेछ,’ उनले थपे ।

रियलसँगको सम्झौताकै अवधिमा प्रिमियर जाने विषयलाई भने उनले अस्वीकार गरे । इंग्ल्यान्डमा पनि फिजिकल खेल हुन्छ । मलाई लाग्दैन ३३ वर्षको उमेरमा त्यहाँ जाने विषयमा मैले सोचेको छैन ।

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको प्रशिक्षणमा क्रुसले बायर्नबाट खेलेका थिए । उनले पूर्व प्रशिक्षकसँग पुनः जोडिने विषयमा भने, ‘मलाई लाग्दैन मेरो लागि त्यस्तो विकल्प हुनेछ ।’

यति बेला भने उनी रियललाई बाँकी सिजनमा कसरी उपाधि दिलाउने भन्नेमा केन्द्रित छन् । ला लिगामा रियल शीर्ष स्थानको बार्सिलोना भन्दा २ अंकले पछाडि छ ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.