default_image

4 years ago

May 19, 2020

रोनाल्डो युनाइटेडमा हुँदै रियल म्याड्रिड जान चाहन्थे

40 views

0 Bookmark

एजेन्सी – डेढ दशक भन्दा लामो व्यावसायिक खेल जीवनमा सुपर स्टार क्रिस्टियानो रोनाल्डोले धेरै सफलता प्राप्त गरेका छन् । जो कोहि खेलाडीका लागि पनि उनको सफलता चुनौतीको पहाड नै हुनेछ । अहिले युभेन्ट्समा रहेका रोनाल्डोले रियल म्याड्रिडमा नौं सिजन बिताएका थिए ।

त्यसअघि उनी म्याननचेस्टर युनाइटेडका महत्वपूर्ण खेलाडी रहेका थिए । उनले युनाइटेड रहँदा रियल जान चाहेको कहिले नलुकाएको उनका सहकर्मी नानीले स्मरण गरेका छन् । रोनाल्डोले सन् २००७-०८ मा च्याम्पियन्स लिग जितेपछि रियल जाने बताएका थिए । तर प्रशिक्षक एलेक्स फर्गुसनले रोनाल्डोलाई अर्को एक वर्ष क्लबमा रहनका लागि मनाएका थिए । जसको फलस्वरुप युनाइटेडले २००८-०९ को प्रिमियर लिग उपाधि जितेको थियो ।

अर्को सिजन रोनाल्डो रियलमा आबद्ध भएका थिए । त्यति बेला उनी ८० मिलियन पाउन्डको विश्व कीर्तिमानी रकममा अनुबन्धित भएका थिए । यद्दपी उनले आफू नयाँ क्लब जान चाहेको कहिल्यै नलुकाएको नानीले बताएका छन् । ‘हामी (रोनाल्डो, एन्डरसन र नानी) प्रशिक्षणको अन्तिमसम्म सँगै हुन्थ्यौं । सबैका मिल्ने साथी हुन्छन्’, उनले भने, ‘त्यसमा पनि केहिलाई त्यस्ता साथीमा निकै सहज हुन्छ । त्यस्ता साथीले एक अर्कोलाई साथ दिन्छन् ।’

Ronaldo United 7

नानीले रोनाल्डोले भनेको स्मरण गर्दै भने, ‘एक दिन उनले हामीलाई खुला रुपमा भने । म यहाँ ६-७ वर्षदेखि छु । मलाई लाग्छ अब यहाँ पुग्यो । उनले एक दुई पटक त्यस्तो भनेका थिए । तर हरेक पल्ट उनी भन्थे । अब हेर्छु । मलाई लाग्दैन थियो किन उनी त्यति छिट्टै रियल जानेछन् । हामीले लिग जितेको अर्को वर्ष उनीले क्लब छाडे । उनले राम्रो प्रदर्शन गरेर छाडेका थिए । म अहिले पनि आश्चार्यमा छु ।’

२००७ को मार्चमा रोनाल्डो एक दिन स्पेनमा खेल्न चाहेको सार्वजनिक रुपमै स्वीकार गरेका थिए । यद्दपी त्यति बेला उनले आफु युनाइटेडमा खुसी रहेको पनि सुनाएका थिए । फुर्गसनले त्यति बेला पनि रोनाल्डोलाई रोक्न चाहेका थिए । तर उनी रोकिएनन् । उनले रियलमा इतिहास बनाए । रियलमा उनले क्लबको सर्वाधिक गोलकर्ता बन्नुका साथै चार पटक च्याम्पियन्स लिग र चार पटक बालोन डी ओर उपाधि जितेका थिए ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.