default_image

4 years ago

May 20, 2020

रियल, बायर्न र इन्टर मिलानले अर्काे वर्ष सोलिडारिटी कप खेल्ने

46 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले अर्काे वर्ष कोरोना भाइरसविरुद्ध अग्रपङ्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुको सहयोगार्थ ‘युरोपियन सोलिडारिटी कप – फुटबल फर हिरोज’ कप आयोजना गर्ने घोषणा गरेको छ ।

सोलिडारिटी कपमा बायर्नसँगै स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन क्लब इन्टर मिलान सामेल हुनेछन् । सोलिडारिटी कपबाट संकलित रकम स्पेन र इटलीको अस्पताललाई प्रदान गरिने छ । स्पेन र इटली युरोपमा कोरोनाबाट धेरै प्रभावित हुने राष्ट्र हो । क्लबले घातक रोगविरुद्ध अग्रपङ्तिमा रहेर काम गरिरहेका चिकित्सकहरुलाई सहयोग गर्न आर्थिक संकलन गर्न खोजिरहेका छन् ।

सोलिडारिटी कप २०२१ मा हुने भनिएपनि यसको मिति तोकिएको छैन । सम्भवत यो सोलिडारिटी कप कुनै फुटबल गतिविधिसँथ नजुध्ने समयमा हुनेछ । सोलिडारिटी कप हरेक टोलीले म्युनिख, म्याड्रिड र मिलानमा एक–एक खेल खेल्ने आधारमा हुनेछ । अर्थात एक टोलीले दुई फरक स्थानमा खेल्नेछ ।

बायर्नका सिइओ कार्ल हेन्ज रुम्मेनिगेले स्पेन र इटलीमा कोरोनाका कारण धेरै क्षति भएको र दुवै देशसँगको विशेष सम्वन्धका कारण क्लबले सहयोग पुर्‍याउन यो योजना अघि सारिएको बताएका छन् ।

‘कोरोना महामारीले युरोपमा ठुलो चोट पुर्‍याएको छ । हामीले च्याम्पियन्स लिगका खेलमार्फत धेरै क्लबहरुसँग राम्रो सम्बन्ध बनायौं । उनीहरु मध्ये केही क्लबसँग हाम्रो विशेष सम्वन्ध रह्यो ।’ सिइओ रुम्मेनिगले भने, ‘जब बायर्नमा रियल म्याड्रिडले हामीविरुद्ध खेल्दछ । हामी उक्त खेल अवलोकनका लागि हजारौं नर्स र चिकित्सकलाई आमन्त्रण गर्नेछौं । उनीहरुको समाजका लागि उल्लेखनीय कार्य गरिरहेका छन् । हामी यसलाई ध्यानमा राख्न चहान्छौं र भन्छौं । ‘फुटबल फर हिरोज’ ।’

हामी तीन क्लब (बायर्न, रियल र इन्टर मिलान) यही खेल मार्फत हाम्रा नायकहरुको कदर, आदर र धन्यवाद देखाउने चाहेको सिइओ रुम्मेनिगेले थपे । पछिल्लो समय विशेष सम्वन्धका जर्मनहरुको लागि स्पेन र इटली होलिडे मनाउने गन्तव्य बन्दै गइरहेको छ । कोरोनाका कारण स्पेनमा २७ हजार बढी तथा इटलीमा ३२ हजार बढीको ज्यान गएको छ । यि दुई देशको तुलनामा जर्मनीका कमको ज्यान गएको छ ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.