default_image

4 years ago

May 20, 2020

प्रिमियर लिगका ६ जनामा कोरोना संक्रमण

36 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगका खेलाडी र अफिसियल गरी ६ खेलाडीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । प्रिमियर लिगले प्रशिक्षणमा फर्कनु अघि गरिएको पहिलो चरणको परिक्षणमा ३ क्लबका ६ जनाको कोरोना पोजेटिभ देखिएको प्रिमियर लिगले जनाएको छ ।

प्रिमियर लिगले क्लबको प्रशिक्षण सुचारु गर्नुअघि आइतबार र सोमबार खेलाडीसहित अन्य कर्मचारी गरि कुल ७ सय ४८ जनाको परिक्षण गरेको थियो । कोरोना पोजेटिभ देखिएकाहरु सेल्फ आइसोलेसनमा बस्नेछन् । उनीहरुको नाम समेत सार्वजनिक गरिएको छैन ।

प्रिमियर लिगले मंगलबारबाट क्लबलाई प्रशिक्षणको अनुमति दिएको छ । कोरोनाको कारण गत मार्चबाट प्रिमियर लिग स्थगित छ । प्रिमियर लिग मध्य जुनबाट सुचारु गर्ने तयारी गरिएको छ । ७४८ मध्ये ६ जनामा मात्रै कोरोना पोजेटिभ देखिएपछि प्रिमियर लिग सुचारु हुने संकेत देखिएको छ ।

प्रिमियर लिगमा यो सिजन ९२ खेल खेल्न बाँकी छ । लिभरपुल ३० वर्षपछि प्रिमियर लिग उपाधि नजिक रहेको छ । लिभरपुल उपाधि जित्नका लागि मात्रै दुई जितको खाँचो छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.