default_image

4 years ago

May 20, 2020

हिरासतबाट रिहा लगत्तै ओडोई प्रशिक्षणमा

48 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीका युवा स्टार विंगर कलुम हड्सन ओडोई हिरासतबाट धरौटिमा रिहा भएलगत्तै क्लबसँगको प्रशिक्षणमा जोडिएका छन् । कोरोना परिक्षण गर्दा नेगेटिभ देखिएपछि उनलाई क्लबले प्रशिक्षणमा सामेल गरेको हो ।  

१९ वर्षीय इंग्लिस स्टार ओडोई लकडाउनको नियम तोड्दै बाहिर निस्किएको र आफ्नै घरमा ल्याएर एक महिला मोडललाई दुर्व्यवहार गरेको आरोपमा आइतबार विहान पक्राउ परेका थिए ।  चेल्सीले क्लबको हेडक्वाटर कोबहममा प्रशिक्षण गरिरहेको छ । उनलाई क्लबका प्रशिक्षक फ्रान्क लाम्पार्डले टिमसँगै अभ्यास गर्नको लागि ग्रीन लाइटको सिग्नल दिएपछि उनी प्रशिक्षणमा देखिएका हुन् ।

आइतबारको घटनाको बिषयमा ओडोई र क्लबले कुनै प्रतिक्रिया जनाएका छैनन् । विभिन्न सञ्चारमाध्यममा भने उनले दुर्व्यवहार गर्दै बलात्कारको प्रयास गरेको उल्लेख गरिएको छ । चेल्सी मेडिकल स्टाफले सरकारको नियममा कोरोना परिक्षण गरिएको र कोरोना नेगेटिभ आएपछि उनले टिमसँगै प्रशिक्षणमा सामेल हुन पर्याप्त आधार रहेको बताएको छ । प्रिमियर लिगले खेलाडीहरुलाई सानो समुहमा अभ्यास गर्ने अनुमती प्रदान गरेको छ ।

सोही अनुसार खेलाडीले पहिलो चरणको अभ्यासमा सहभागी हुने मौका पाएका छन् । र विभिन्न क्लबले परिक्षण सकेर खेलाडीलाई अभ्यासमा सहभागी गराएका छन् । ओडोईले समुहमा एनगोलो कान्टे, क्रिस्टियन पुलिसिक, कर्ट जुमा र किपा एरिजाबलागासँग अभ्यास गरेको तस्विर देख्न सकिन्छ ।

ओडोईले गत मार्चमा चेल्सीसँग थप ५ वर्षको सम्झौता नवीकरण गरेका थिए । ओडोईलाई गत मार्चमै कोरोना संक्रमण देखिएको थियो ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.