default_image

4 years ago

May 20, 2020

मर्टेन्स नेपोलीमै रहने

28 views

0 Bookmark

एजेन्सी – बेल्जियन विंगर तथा फरवार्ड ड्रिज मर्टेन्सले इटालियन क्लब नेपोलीसँग सम्झौता नवीकरण गरेका छन् । मर्टेन्सले नपोलीसँग थप तीन वर्षको सम्झौता नवीकरण गरेका हुन् ।

पछिल्लो समय मर्टेन्स अनुबन्धको लागि सिरी ‘ए’ क्लब इन्टर मिलान र इंग्लिस क्लब चेल्सीले यसै समरमा फ्रि ट्रान्सफरमार्फत अनुबन्ध गर्ने चासो देखाएपनि उनले नपोलीमै बस्ने निर्णय गरेका हुन् । ३३ वर्षे मर्टेन्सको सम्झौता यसै समरमा सकिदै थियो । अब उनी २०२३ को समरसम्म नेपोलीमै रहनेछन् ।

चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले बेल्जियन फरवार्ड मर्टेन्स मनपर्ने खेलाडी रहेको र आउँदो समरमा अनुबन्ध गर्ने तयारी गरेका थिए । यस्तै इन्टर मिलानले मर्टेन्सलाई प्रतिसाता १ लाख ७० हजार अमेरिकी डलरको प्रस्ताव गरेपनि उनी नेपोलीमै बस्न राजी भएका हुन् । यससँगै नेपोलीका समर्थक पनि खुसी हुनेछन् ।

मर्टेन्स २०१३ मा डच क्लब पीएसभी आइन्डोभेनबाट नेपोली पुगेका थिए । उनी पछिल्लो समय सिरी ‘ए’ मा उत्कृष्ट फरवार्डको रुपमा आफुलाई स्थापित गरिरहेका छन् । मर्टेन्सले नपोलीका लागि हालसम्म नपोलीका लागि ३०९ खेलमा १२१ गोल गरेका छन् । मर्टेन्सले यो सिजन २९ खेलमा १२ गोल गरेका छन् ।

उनले २०१६/१७ को सिजनमा ३५ खेलमा सर्वाधिक २८ गोल गरेका थिए । नपोली यो सिजन सिरी ‘ए’ मा छैटौं  स्थानमा रहेको छ । इटली सरकारले १४ जुनसम्म खेलकुदका कुनै पनि गतिविधि नगर्न निर्देशन दिएपछि सिरी ‘ए’ पुनः सुरु हुने या नहुने आशंका पैदा भएको छ ।

इटली सरकारको यो निर्देशनपछि इटलियन फुटबल फेडेरेसन (एफआइजिसी) ले १३ जुनदेखि सिरी ‘ए’ सञ्चालन गर्ने योजनामा धक्का लागेको छ । तर, एफआइजिसीले त्यसपछिको समयमा आयोजना गर्ने अघि सारेको छ । इटलीमा ९ मार्चदेखि फुटबल स्थगित छ ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.