default_image

6 years ago

May 31, 2020

इकार्डी र पीएसजीबीच सम्झौता

170 views

0 Bookmark

एजेन्सी – फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अर्जेन्टिना तथा इटालियन क्लब इन्टर मिलानका फरवार्ड मोउरो इकार्डीलाई औपचारिक रुपमा अनुबन्ध गरेको छ । 

यसै सिजन इन्टर मिलानबाट लोनमा पीएसजी पुगेका २७ वर्षे फरवार्डलाई पीएसजलिे ५२ मिलियन पाउण्डमा ४ वर्षको लागि अनुबन्ध गरेको हो । अब इकार्डी २०२४ सम्म पीएसजीमा रहनेछन् । कोरोनापछिको यो पहिलो र ठुलो सम्झौता हो ।

लोनमा रहँदै उच्च प्रदर्शन गरेपछि पीएसजीले इकार्डीलाई स्थायी रुपमा अनुबन्ध गर्न कसरत गरेको थियो । पीएसजीले इकार्डीलाई स्थायी रुपमा क्लबमै राख्न पाउँदा खुसी लागेको उल्लेख गरेको छ ।

पीएसजीमा इकार्डीको सम्झौता आइतबारसम्म नै रहेको थियो । शनिबार मात्रै पीएसजी र इन्टर मिलानले इकार्डीलाई पेरिसमै स्थायी सम्झौता दिने बिषयमा सहमति जुटाएका थिए ।

इन्टर मिलानले आफ्नो आधिकारिक वेवसाइटमा ४७ शब्दमा आफ्नो फरवार्ड इकार्डी पीएसजीमा अनुबन्ध भएको उल्लेख गरेको छ । यस्तै क्लबले ६ सिजन क्लबमा बिताएका इकार्डीलाई भावी व्यावसायिक करियरको शुभकामना दिएका छन् । पछिल्लो समय इन्टर र इकार्डीबिच सम्बन्ध चिसिएको थियो ।

इकार्डी २०१३ मा इटालियन क्लब साम्पडोरियाबाट इन्टर मिलान पुगेका थिए । उनले इन्टर मिलानमा २१९ खेलमा १२४ गोल गर्नुका साथै २८ असिस्ट दिएका छन् । अर्जेन्टिनी फरवार्ड इकार्डी इन्टर मिलानको मुख्य प्रशिक्षकमा एन्टोनियो कोन्टे आएपछि क्लबबाट बाहिरिएका थिए ।

विश्व फुटबलका स्टार नेयमार र केलियन एमबाप्पे रहेको पीएसजीबाट २७ वर्षीय इकार्डीले यस सिजन सबै प्रतियोगितामा ३१ खेलमा २० गोल गर्नुका साथै ४ असिस्ट दिएका छन् । अब इकार्डीको स्थायी सम्झौतासँगै नेयमार, एमबाप्पे र काभानीमध्य एकले क्लब छाड्ने पक्कापक्की देखिएको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.