6 years ago
May 31, 2020
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस मिडफिल्डर हार्भी एलिएटलाई क्लबका कप्तान सर्जियो रामोसलाई भेट्ने प्रस्ताव गर्दा उनले अस्विकार गरेको खुलासा भएको छ ।

गत वर्ष रियलले त्यसबेला १६ वर्ष मात्र पुगेका इंग्लिस मिडफिल्डरलाई दोस्रो श्रेणीको क्लब फुलहमबाट अनुबन्धन गर्ने प्रयास गरेको थियो । रियलले अनुबन्धनबारे औपचारिक छलफल तथा एलिएटलाई क्लबबारे थप जानकारी दिन सान्टियागो बर्नाबाउ नै लागेको थियो । बर्नाबाउ घुम्ने क्रममा रामोसको जर्सीअगाडी पुगेपछि क्लबले उनलाई रामोसलाई भेट्न प्रस्ताव राखेको थियो । तर एलिएटले उक्त प्रस्ताव नकारिदिए ।
रियलको प्रस्तावमा एलिएटको जवाफ थियो, ‘पर्दैन । प्रस्तावको लागि धन्यवाद । तर उनले सलाहलाई जे गरे, त्यसपछि मलाई उनी मन पर्दैन ।’
सन् २०१७-१८ को च्याम्पियन्स लिग फाइनलमा रियलका कप्तान सर्जियो रामोसले खेलको सुरुवाती समयमा नै लिभरपुल फरवार्ड मोहमद सलाहमाथि फल गरेका थिए । त्यसक्रममा घाइते भएका सलाहले उक्त फाइनल त गुमाए नै, कुमको चोटका कारण लामो समय मैदानबाहिर बस्नुपरेको थियो ।

त्यहाँबाट इंग्ल्यान्ड फर्केका एलिएटले पछि रियल म्याड्रिडलाई समेत नकार्दै आफूले बाल्यकालदेखि समर्थन गरेको क्लब लिभरपुलमा अनुबन्धन गरे । एलिएटले आफैं सलाहलाई आदर्श खेलाडी मान्दै आएको समेत एक अन्तर्वार्तामा बताएका छन् । मात्र १७ वर्ष भएपनि हाल उनी लिभरपुलको सिनियर टोलीमा सलाह लगायत अन्य खेलाडीसँग नै प्रशिक्षण गर्दै आएका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]