default_image

6 years ago

May 31, 2020

मोन्चेनग्लाडवाच तेस्रो स्थानमा उक्लियो

115 views

0 Bookmark

एजेन्सी – बोरुसिया मोन्चेनग्लाडवाच जर्मन बुन्डेस लिगाको तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा युनियन बर्लिनमाथि ४–१ को सहज जित निकाल्दै मोन्चेनग्लाडवाच तेस्रो स्थानमा उक्लन सफल भएको हो ।

मोन्चेनग्लाडवाचले बायर लिभरकुसनलाई गोल अन्तरमा पछि पारेको हो । दुवै टोलीको समान खेलबाट समान ५६ अंक छ । पराजित युनियन बर्लिन ३१ अंक जोडेर १४औं स्थानमा छ । बोरुसिया पार्कमा घरेलु टोलीको जितमा मार्कुस थुरामले दुई तथा फ्लोरियन नोइह्यास र एलासेन फ्लिले समान एक गोल गरे । बर्लिनका सेवास्टिन एन्डरसनले सान्त्वना गोल गरे ।

खेलको १७औं मिनेटमा फ्लोरियनको गोलबाट घरेलु टोलीले खेलमा अग्रता बनाएको थियो । ४१औं मिनेटमा थुरामले गोल गरेपछि मोन्चेनग्लाडवाचले पहिलो हाफमा २–० को अग्रता बनाउन सफल भएको थियो ।  ५०औं मिनेटमा बर्लिनका सेवास्टिनले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याउदै खेलमा फर्कने संकेत दिएका थिए ।

तर, ५९औं मिनेटमा थुरामले व्यक्तिगत दोस्रो गोल गरेपछि मोन्चेनग्लाडवाचले खेलमा ३–१ को अग्रता बनायो । बर्लिनविरुद्धको दोस्रो गोल गरेपछि थुरामले घुँडा टेकेर शिर निहुराउदै अमेरिकामा जातिय हिंसामा परि मृत्यु भएका जर्ज फ्लोएडप्रति समर्पित गरेका थिए । फ्लोएडको मृत्युपछि अमेरिकी सडकमा ठुलो विरोध प्रदर्शन भइरहेको छ ।

डेरेक चौविन (वर्दी) लाई फ्लोएडको हत्याराको आरोप लगाइएको छ । कारको मुनि च्यापिएको अवस्थामा रहेका उनलाई ति वर्दीधारीले घाँटीमा घुँडाले च्यापिरहेको दृश्य देख्न सकिन्छ । फान्सका थुरामका बुवा लिलियन विश्व विजेता तथा एन्टिी रेसिस्ट एक्टिभिस्ट र अभियानकर्ता हुन् ।

८१औं मिनेटमा एलासेनले गोल गर्दै मोन्चेनग्लाडवाचलाई ४–१ को सहज जित दिलाए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.