default_image

6 years ago

June 1, 2020

सान्चोको ह्याट्रिकमा डर्टमुन्डको सानदार जित

129 views

0 Bookmark

एजेन्सी – युवा मिडफिल्डर जाडोन सान्चोको ह्याट्रिक मद्दतमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेस लिगामा सानदार जित निकालेको छ । डर्टमुन्डले पाडेरवर्नमाथि ६–१ को सानदार जित हात पारेको हो ।

बेन्टेलेर एरिना पाडेरवर्नमा आइतबार राति भएको खेलमा थप गोल थोर्गन हजार्ड र अचरफ हाकिमी र स्मेल्जर गरे । घरेलु टोलीका हुवी हनिमिएरले सान्त्वना गोल गरे । जितसँगै डर्टमुन्डले शीर्षस्थानको बायर्नसँगको अंक दुरी ७ मा छोट्याउदै उपाधिको झिनो आशा देखाएको छ । डर्टमुन्डको २९ खेलबाट ६० अंक पुगेको छ । बायर्नको ६७ अंक छ । पराजित पाडेरवर्न १९ अंकसहित पुछारमा छ ।

घरेलु टोलीविरुद्ध खेलको शुरुवातदेखि नै पकड जमाएपनि डर्टमुन्डले गोलको लागि दोस्रो हाफमा नै कुर्नुपर्दा सबै ७ गोल दोस्रो हाफमा नै सम्भव भएको थियो । ५४औं मिनेटमा थोर्गन हजार्डले गोल गर्दै खेलमा गोलको खडेरी तोडेका थिए । इम्री क्यानको प्रहारलाई पाडेरवर्नका गोलरक्षक लियोपोल्डले राम्रोसँग नियन्त्रणमा लिन नसकेको बललाई हजार्डले खाली पोस्टमा गोल गर्न सफल भएका थिए । ५७औं मिनेटमा जुलियन ब्रान्डको पासमा सान्चोले गोल गर्दै अग्रता दोब्बर पारे ।

७२औं मिनेटमा हुवी हनिमिएरले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए । महामेदको प्रहारलाई इम्री क्यानले पेनाल्टी बक्समा ब्लक गर्न खोज्दा ह्यान्ड गर्न पुग्दा रेफ्रीले पेनाल्टीका मौका दिएका थिए । जसलाई हुवील सदुपयोग गरे । त्यसको दुई मिनेटपछि नै हजार्डको पासमा सान्चोले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमुन्डलाई खेलमा ३–१ ले अघि बढाए ।

८५औं मिनेटमा मार्सेल स्मेल्जरको पासमा अचरफ हाकिमीले गोल गर्दै डर्टमुन्डलाई फराकिलो जिततर्फ अघि बढाए । ८९औं मिनेटमा स्मेल्जरले गोल थपेपछि डर्टमुन्डले खेलमा ५–१ ले अग्रता बनायो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सान्चोले ह्याट्रिक पुरा गर्दै डर्टमुन्डलाई ६–१ को सानदार जित दिलाए ।

बुन्डेस लिगामा उच्च गोलकर्ताको सुचीमा तेस्रो स्थानमा रहेका सान्चोको २७ खेलमा १७ गोल पुर्‍याएका छन् । जारी सिजनमा उनले ३९ खेलमा २० गोल गर्दा १४ असिस्ट पनि दिएका छन् । उनीभन्दा अघि बायर्नका लेवान्डोस्की (२९) र आरबी लाइप्जिगका टिमो वेर्नर (२४) अघि रहेका छन् । खेलमा सान्चाले आफ्ना टोलीका स्टार फरवार्ड एर्लिङ ब्राउट हालान्डको अभाव महसुस हुन दिएनन् ।

सान्चो र हाकिमीले आफ्नो गोल अमेरिकामा जातिय हिंसामा परि मृत्यु भएका जर्ज फ्लोएडप्रति समर्पित गरेका थिए । फ्लोएडको मृत्युपछि अमेरिकी सडकमा ठुलो विरोध प्रदर्शन भइरहेको छ । डेरेक चौविन (वर्दी) लाई फ्लोएडको हत्याराको आरोप लगाइएको छ । कारको मुनि च्यापिएको अवस्थामा रहेका उनलाई ति वर्दीधारीले घाँटीमा घुँडाले च्यापिरहेको दृश्य देख्न सकिन्छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.