6 years ago
June 1, 2020
एजेन्सी – खेलाडी अनुबन्धमा स्पेनिस महारथी रियल म्याड्रिड अग्रपङ्तिमा आउने क्लब हो । टोलीलाई बलियो बनाउन महँगो मुल्य खर्चन पछि नपर्ने रियललाई यसपटक ट्रान्सफर विन्डोमा खेलाडी अनुबन्ध गर्न कठिन पर्ने देखिएको छ । क्लबले खेलाडी अनुबन्ध नै नगर्ने सम्मको योजना तयार गरिरहेको छ ।

स्पेनिस पत्रिका मार्काका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारण क्लबमा परेको आर्थिक समस्याका कारण रियलले यो सिजन कुनै पनि खेलाडी अनुबन्ध नगर्ने योजनामा रहेको उल्लेख गरिएको छ । रियलले यो सिजन फ्रेन्च फरवार्ड केलियन एमबाप्पे, पउल पोग्वा, बोरुसिया डर्टमुन्डका एर्लिङ ब्राउट हालान्ड र रेनिसका एडुआर्डाे कामाभिंगालगायतका खेलाडी अनुबन्ध गर्ने योजना बनाएको थियो ।
क्लबको आर्थिक अवस्था कमजोर रहेको कारण नयाँ खेलाडीमा खर्च गर्न नसक्ने अवस्था आएको बताएपनि क्लबमा रहेका केही खेलाडी बेचेर रियलले नयाँ खेलाडी अनुबन्ध गर्न सक्नेछ । कोरोनाका कारण रियलको विभिन्न आम्दानीका स्रोतहरु बन्द भएका छन् । क्लबको आर्थिक अवस्था सुधार गर्न क्लबका पदाधिकारीले खेलाडी र कर्मचारीको तलवमा केही कटौती गर्नसक्ने योजना पनि अघि सारेका छन् ।

ला लिगा सुचारु भएपनि बन्द रंगशालामा खेलाइदा रियललाई १३५ मिलियन पाउन्ड घाटा हुनेछ । टिकट बिक्री र स्टेडियमको मार्केटिङबाट पैसा नउठ्दा रियललाई घाटा हुनेछ । सोही कारण रियलको बोर्ड बैठकले यो सिजनमा कुनैपनि खेलाडी नभित्र्याउने बारे चर्चा चलेको मार्काले जनाएको छ । यस्तो निर्णय भएमा रियलले यो सिजन जतिपनि खेलाडी क्लबमा अनुबन्ध गर्ने चर्चा चलेको थियो, त्यो सबै अर्काे समरको लागि थाती रहनेछ ।
दुई खेलाडी डर्टमुन्डका हालान्ड र रेनिसका कामाभिंगा यो समरमा स्पेनिस क्लब रियलमा अनुबन्ध हुने तयारी थियो । हालान्डलाई रियलको करिम बेन्जेमाको विकल्पको रुपमा तथा कामाभिंगालाई क्यासमिरोको विकल्पमा अघि सारिएको थियो । फ्रेन्च एमबाप्पे र पउल पोग्बा पनि रियलले यो समरमा अनुबन्ध गर्ने खेलाडीको सुचीमा रहेका थिए । एमबाप्पेलाई रियलले लामो समयको लागि अनुबन्ध गर्ने योजना बुन्दै आएको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]