6 years ago
June 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अध्यक्ष कर्मा छिरिङ शेर्पा अभिव्यक्तिका कारण विवादमा परेपछि पहिलो पटक अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज बस्दैछ ।

एन्फा अध्यक्ष शेर्पाले केहि दिन अघि वेभ अन्तवार्ताका क्रममा दिएको तराईमा राष्ट्रियताको कमी रहेको भनाई विवादमा परेको थियो । नेपाली सेना सँगको सहकार्यमा तराईका ४ जिल्ला सप्तरी, सिराहा, धनुषा र महोत्तरीमा ग्रासरुटको कार्यक्रम सुरु गरेको बताउने क्रममा शेर्पाको राष्ट्रियताको प्रसंग उठाएका थिए ।
सोहि विषयमा बुधार संसदमा बुधबार सांसद विमलप्रसाद श्रीवास्तवले एन्फा अध्यक्ष शेर्पालाई कारवाही गर्न माग गरेका छन् । ‘एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली समाजमा विभेदको विजारोपण गरेको बुझिएको छ ,’ सांसद श्रीवास्तवले भनेका, ‘उहाँले मधेसीहरुलाई सेनाको माध्यम लगाएर राष्ट्रिय गान सिकाउँदैछु भन्ने जस्ता अभिव्यक्ति दिनुभएको हुनाले त्यस्ता अभिव्यक्ति दिने ति जिम्मेवार व्यक्तिलाई छानविन गरि आवश्यक कारवाही गर्न सभामुखमार्फत माग गर्दछु ।’
आफ्नो अभिव्यक्ति विवादमा परेपछि पनि एन्फा शेर्पाले भने आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । अध्यक्षको विवादस्पद अभिव्यक्तिका विषयमा बैठकमा प्रश्न उठ्ने सम्भावना रहेको बताइएको छ । यद्दपी यो विवाद सार्वजनिक हुनु अघि नै बैठक तय भएकोले एजेन्डामा भने समावेश छैन ।
बैठकका लागि एन्फाको बार्षिक बजेट, कोभिड १९ को कारण उत्पन्न कठिन परिस्थितिमा उपलब्ध गराउने राहत, अनुशासन र एन्फा कंग्रेसका विषयमा एजेण्डा तय भएको छ । कोभिड १९ का कारण सरकारले गरेको लकडाउनका कारण एन्फा बैठक अनलाइनमार्फत बस्न लागेको जनाइएको छ ।

कोभिड १९ कै कारण एन्फाले चैत १६ लाई तय गरेको साधारण सभा स्थगित गरेको थियो । केन्द्रिय सदस्य रत्नकुमार श्रेष्ठको संयोजकत्वमा गठित समितिले राहतका लागि फुटबल संघ सम्बन्धित खेलाडी, प्रशिक्षक, जिल्ला संघ, ए,बी सी, डिभिजन क्लब र अन्य सम्बन्धित व्यक्तिहरुको सुची बुझाउने सम्भावना रहेको बताएको छ ।
त्यस्तै स्पष्टिकरण चित्त नबुझेको भन्दै साधारण सभाका लागि निलम्बन गरिएका ललितपुर एन्फाका अध्यक्ष पुरुषोत्तम थापाका विषयमा पनि बैठकमा छलफल हुनेछ । त्यहि प्रसंगका लागि अनुशासनको एजेन्डा राखिएको जनाइएको छ । अध्यक्ष शेर्पाको विषय एन्फाको अनुशासनको विषयमा पर्छ पर्दैन त्यो पनि हेर्न बाँकी छ । विविधमा अन्य विषयमा पनि बैठकमा छलफल हुन सक्ने अनुमान गरिएको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]