default_image

6 years ago

June 1, 2020

महँगा रोनाल्डो : ५ घण्टाको पारिश्रमिक १३ करोड रुपैयाँ

228 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो विश्व खेलकुदमा सर्वाधिक कमाउने खेलाडी सुचिमा दोस्रो स्थानमा छन् । रोनाल्डोले मैदानभित्र युभेन्टसको जर्सीमा खेल्दा पारिश्रमिक त लिन्छन् नै, त्यसबाहेक मैदानबाहिर पनि उनले प्रायोजन तथा अन्य विविध कार्यक्रमबाट आर्थिक आयआर्जन गर्छन् ।

सन् २०१३ मा रोनाल्डोले एक कार्यक्रमका लागि लिएको पारिश्रमिकबारे जर्मनीको एक पत्रिकाले विस्तृत विवरण सार्वजनिक गरेको छ । डेर स्पिगलका राफेल बुस्म्यान र माइकल वुल्जिंगरले सन् २०१७ मा विवरण सार्वजनिक गर्दा नै रोनाल्डोले महँगो रकम असुलेको खुलेको छ । रोनाल्डोले सन् २०१३ मा साउदी अरेबियाको मोबाइल सेवा प्रदायक मोबिलिले साढे चार घण्टा समय लिएको थियो ।

यस साढे ४ घण्टा समयमा उक्त कम्पनिले रोनाल्डोको फोटोसुट गर्ने कार्यक्रम रहेको थियो । यसका साथै रोनाल्डोले ५ ओटा हस्ताक्षरअंकित जर्सी र आफ्नो सामाजिक संजालमा दुई ओटा पोस्ट गर्ने सहमति भएको थियो ।

रोनाल्डोको उक्त दिन खिचिएको तस्बिर मोबिलिले मध्येपूर्वी र उत्तर अफ्रीका क्षेत्रमा मात्र विज्ञापन गर्नका लागि पाउने सम्झौता भएको थियो । रोनाल्डोले साढे ४ घण्टाका लागि ९ लाख २० हजार पाउण्ड अर्थात १३ करोड नेपाली रुपैयाँ लिएका थिए । झन्डै ७ वर्षअघि लिएको यो रकम अहिले आउँदा रोनाल्डोको उचाईसँगै थप बढेको सहजै अनुमान गर्न सकिन्छ ।

सन् २०१६ मा रोनाल्डोले खेलकुद सामग्री कम्पनि नाईकसंग गरेको सम्झौताबारे पनि डेर स्पिगलले विवरण प्राप्त गरेको छ । अमेरिकी कम्पनि नाईकसँग रोनाल्डोले १० वर्षको लागि सम्झौता गरेका थिए । रोनाल्डोले लामो समयदेखि नाईकसँग सहकारी गर्दै आएकोमा एकैपटक १० वर्ष सम्झौता गरेका थिए ।

यस सम्झौताका अनुसार रोनाल्डोले हरेक वर्ष १३.८ मिलियन पाउण्ड अर्थात् २ अर्ब २२ करोड नेपाली रुपैयाँ प्राप्त गर्ने छन् । रोनाल्डोले शीर्ष श्रेणी क्लबबाट खेलुन्जेल यो सम्झौता मान्य हुने उल्लेख छ । यसबाहेक रोनाल्डोले व्यक्तिगत उपाधि जितेको खण्डमा ४ मिलियन युरो अर्थात् ५३ करोड नेपाली रुपैयाँ पाउने छन् ।

फोर्ब्सले जारी गरेको विवरण अनुसार रोनाल्डोले गतवर्ष १ सय ५ मिलियन अमेरिकी डलर आर्जन गरेका थिए । यसमध्य ४५ मिलियन प्रायोजन र ६० मिलियन डलर तलब र पुरस्कारमा प्राप्त गरेका थिए । रोनाल्डोको वार्षिक आय नेपाली रुपैयाँमा १२ अर्ब ७० करोड हुन आउँछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.