6 years ago
June 1, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनियमिता र त्रुटिपूर्ण काम गर्दै आएको भन्दै एन्फामा आबद्ध ४ जिल्ला संघले कारवाही गर्दै फुटबलको संरक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

एन्फा ४ जिल्ला काठमाडौंका अध्यक्ष विराटजंग शाही, भक्तपुरका अध्यक्ष गौताम सुजखु, धादिङका अध्यक्ष दीपक खतिवडा र एन्फाबाट निलम्बित ललितपुरका अध्यक्ष पुरुषोत्तम थापाले संयुक्त रुपाम हस्ताक्षण गरेको निवेदन सोमबार मन्त्री परिषद् तथा प्रधानमन्त्री कार्यालयमा दर्ता भएको छ ।
आफु र थापाले सिंहदरबार पुगेर मन्त्री परिषद् तथा प्रधानमन्त्री कार्यालय एवंम् युवा तथा खेलकुद मन्त्रालयमा पत्र दिएको एन्फाका पूर्व कोषाध्यक्ष समेत रहेका शाहले जानकारी दिए । निवेदनमा एन्फा अध्यक्ष शेर्पा स्वेच्छाचारी ढंगले पूर्वाग्रह राखी, व्यक्तिगत लाभ हासिल गर्दै तथा एन्फा र समग्र फुटबलको हित विपरित कार्य गर्दै आएको आरोप लगाएको छ । शेर्पाका कार्यहरु नेपालको कानुन विपरित, फिफा, एएफसी र एन्फाको विधान विपरित रहेको निवेदनमा उल्लेख छ ।
एन्फा अध्यक्ष शेर्पाले केहि दिन अघि वेभ अन्तवार्ताका क्रममा तराईमा राष्ट्रियताको कमी रहेको भनाई विवादमा परेको थियो । नेपाली सेना सँगको सहकार्यमा तराईका ४ जिल्ला सप्तरी, सिराहा, धनुषा र महोत्तरीमा ग्रासरुटको कार्यक्रम सुरु गरेको बताउँने क्रममा शेर्पाको राष्ट्रियताको प्रसंग उठाएका थिए ।त्यसमा पनि ४ जिल्लाका अध्यक्षले शेर्पाको अभिव्यक्ति एन्फा विधान र मुलुकी अपराध सहिता ऐन २०७४ समेत विपरित भएको उल्लेख गरेका छन् ।
सोहि विषयमा बुधार संसदमा बुधबार सांसद विमलप्रसाद श्रीवास्तवले एन्फा अध्यक्ष शेर्पालाई कारवाही गर्न माग गरेका थिए । अर्को तिर स्पष्टिकरण चित्त नबुझेको भन्दै साधारण सभाका लागि निलम्बन गरिएका ललितपुर एन्फाका अध्यक्ष थापापनि अन्य ३ जिल्लाका अध्यक्षसँगै शेर्पाविरुद्ध उभिएका छन् ।
४ जिल्लाका अध्यक्षले यसअघि पनि एन्फामा अनियमिता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरु दिएका थिए । जसमा अख्तियारले प्रमाण नपुगेको भन्दै खारेज गरेको थियो । आजै एन्फाको केन्द्रिय समितिको बैठक बसिरहेको छ । बैठकले अध्यक्ष शेर्पाको विवादस्पदक अभिव्यक्तिका विषयमा समेत छलफल गर्न सक्ने बुझिएको छ ।

December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]