default_image

6 years ago

June 1, 2020

इघालोको युनाइटेड बसाइ लम्बियो

107 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेडले नाइजेरियन फरवार्ड ओडीओन इघालीको लोन सम्झौतालाई थप गर्दै यस वर्षको अन्त्यसम्म क्लबमा रहने सम्झौता गरेको छ ।

चिनिया क्लब सांघाई सेन्हुआबाट लोनमा आएका इघालोको सम्झौता मे महिनामा अन्त्य हुने थियो । तर कोरोनाका कारण सिजन अन्त्य हुन नसक्दा युनाइटेडले उनलाई क्लबमा राख्न प्रयास थालेको थियो । सेन्हुआले सुरुवातमा युनाइटेडको प्रस्ताव अस्विकार गरेपनि पछिल्लो छलफलबाट निकास निस्किएको हो ।

यसअघि वाटफर्डबाट समेत खेलेका इघालो पनि युनाइटेडमा नै रहन चाहन्थें । उनले युनाइटेडबाट ८ खेल खेलिसकेका छन् । उनले यसक्रममा ३ खेलमा सुरुवात गर्दै ४ गोल समेत गरेका छन् । नयाँ सम्झौता अनुसार इघालो अब जनवरी २०२१ सम्म युनाइटेडमा नै रहनेछन् ।

युनाइटेडले सुरुवातमा इघालोलाई स्थायी रुपमा अनुबन्धन गर्न खोजेपनि चिनियाँ क्लबले उक्त प्रस्ताव भने नकारेको छ । क्लबले उनलाई चीनको सुपर लिगको सुरुवातमा नै क्लबमा राख्न चाहेपनि अब उनी जनवरीपछि मात्र क्लबमा जानेछन् ।

प्रिमियर लिग अब जुन १७ मा सुचारु हुने तयारी रहेको छ । लकडाउनको समयमा युनाइटेडका घाइते खेलाडीद्वय मार्कस रासफर्ड र पल पोग्बा पनि पुनरागमनका लागि तयार भएका छन् । मिडफिल्डर ब्रुनो फर्नान्डेसको आगमनले युनाइटेड थप मजबुत भएको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.