6 years ago
June 2, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका सिनियर टोलीमै रहेका पाँच खेलाडी कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त भएका छन् । आफ्ना सिनियर टोलीकै पाँच खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपनि बार्सिलोना र स्पेनिस ला लिगा आयोजकले यो विषयलाई गोप्य नै राखेको थियो ।

एक दावी अनुसार पछिल्लो परिक्षणमा उनीहरुमा कोरोनाको लक्षण नदेखिएपछि उनीहरु टिमको पुर्ण प्रशिक्षणमा जोडिइसकेका छन् । ति पाँच खेलाडीको नाम गोप्य नै राखिएको छ । यद्दपि क्लबका पदाधिकारीहरु यो विषयमा चिन्तित छन् । उनीहरुलाई भविष्यमा खेल दौरान चोट बोक्ने सम्भावना बढि हुने बुझिएको छ ।
यस विषयमा क्लब र ला लिगाले जानकारी गराउने पर्ने भएपनि सार्वजनिक रुपमा भने गोप्य राखिएको थियो । क्लबले दुई साताअघि देखि नियमित प्रशिक्षण थाल्नुअघि आफ्ना सबै खेलाडीको कोरोना परिक्षण गरेको थियो । स्पेनिस ला लिगा ११ जुनबाट सुरु हुँदैछ । बार्सिलोनाले १३ मार्चमा मर्लाेकासँग खेल्दै स्थगित ला लिगा शुरु गर्दैछ ।

ला लिगाको ११ चरणको खेल बाँकी रहँदा बार्सिलोनाले निकटतम प्रतिद्धन्द्धी रियल म्याड्रिडलाई २ अंकले पछि पारेको छ । बार्सिलोनाको ५८ तथा रियलको ५६ अंक छ । कोरोनाका कारण स्पेनमा २ लाख ४० हजार बढीमा कोरोना संक्रमण पुष्टि हुँदा २७ हजार बढीले ज्यान गुमाएका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]