6 years ago
June 3, 2020
एजेन्सी – प्रहरी हिरासतमा मृत्यु भएका अफ्रिकन–अमेरिकन नागरिक जर्ज फ्लोयडको समर्थनमा इंग्लिस क्लब चेल्सी र लिभरपुलका खेलाडीहरुले अभ्यासको दौरान गोलाकार बनी घुँडा टेकेर ऐक्यवद्धता व्यक्त गरेका छन् ।

लिभरपुलका २९ खेलाडीहरुले सोमबार एकतामा बल हुन्छ भन्ने सन्देशसहित फ्लोयडको समर्थनमा रंगभेदविरुद्ध आवाज दिदा लन्डन क्लब चेल्सीले अंग्रेजी अक्षर ‘एच’ को बनावटमा ‘एच’ अर्थात मानव आकार तयार पारेर ऐक्यवद्धता जनाएका हुन् ।

रंगभेदविरुद्ध लिभरपुल र चेल्सीका खेलाडी मात्रै होइन विश्वभरबाट खेलाडीहरुको आवाज आइरहेको छ। इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोउल पोग्बा र मार्कस रासफोर्डले पनि रंगभेदविरुद्ध भइरहेका आन्दोलनको समर्थनमा आवाज उठाइरहेका छन् ।

जर्मन बुन्डेस लिगा क्लब बोरुसिया डर्टमुन्डका जाडोन सान्चो, अचरफ हाकिमी र बोरुसिया मोन्चेनग्लाडवाचका मार्कुस थुरामले गोल गरेपछि आफ्नो गोल फ्लोयडप्रति समर्पित गरेका थिए । सान्चो र हाकिमीले सर्टमा ‘जस्टिज फर फ्लोयड’ को माग गरेर उनले गोलको सेलिब्रेसन गरेका थिए । थुरामले गोलपछि घुडा टेक्दै शिर निहुराएका थिए ।
साल्केकै वेस्टन मक्केनीले खेलका दौरान ‘जस्टिस फर फ्लोयड’ अंकित गरिएको आर्मब्याण्ड लगाएर खेलेका थिए । जर्मन फुटबल संघले जर्मन लिगमा भएको यो कार्य नियमानुसार गलत भएकाले छानविन गर्ने तयारी अगाडी सारेको छ । फिफाको नियम अनुसार खेलका दौरान कुनै सामग्रीको प्रयोग वा संकेत इंगित गरेर राजनीतिक अभिव्यक्ति दिन पाइंदैन ।

यस्तै रिहान ब्रिस्टर, टेनिस स्टार सेरेना विलियम्स, कोको गोफ, नाओमी ओसाका, बास्केटबल लिजेन्ड माइकल जोर्डन, फर्मुला वान खेलाडीहरु चाल्र्स, कार्लोस, जर्ज रुसेल, ड्यानियल रिकार्डो लगायत दर्जनौँ स्टार खेलाडीहरुले रंगभेदविरुद्ध आवाज उठाइरहेका छन् । जर्ज फ्लोयडको न्यायका लागि विश्वभर आवाजहरु उठिरहँदा अमेरिकामा विरोध प्रदर्शन भइरहेका छन् ।
विश्वभर ब्लाक आउट ट्युजडेको नाममा विश्वभर सामाजिक संजालमा विरोध प्रदर्शन समेत भएको छ । यसमा हरेक खेल क्षेत्रका खेलाडीहरुले आफ्नो अभिव्यक्ति दिएका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]