default_image

6 years ago

June 3, 2020

प्रिमियर लिग क्लबलाई मैत्रीपुर्ण खेल खेल्न अनुमति

118 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग आयोजकले कोरोना महामारीपछि १७ जुनदेखि पुनः शुरु हुन लागेको इंग्लिस प्रिमियर लिगको खेलअघि क्लबलाई एक अर्कासँग मैत्रीपुर्ण खेल खेल्न अनुमति दिएको छ । 

बेलायती पत्रिका टेलिग्राफका अनुसार मैत्रीपुर्ण खेलका कडा निर्देशन र नियमको पालना गर्नुपर्ने हुन्छ । जहाँ अफिसियल रेफ्री हुनेछैन । क्लबका कोचिङ स्टाफले रेफ्रीको भुमिका निभाउनु पर्ने तथा खेल ९० मिनेट भन्दा बढी हुनेछैन । खेलाडीहरु आफ्नै कारमा खेल स्थलसम्म पुग्नुपर्नेछ ।

मैत्रीपुर्ण खेल क्लबको स्टेडियम वा प्रशिक्षण स्थलमा हुनेछ । जहाँ जोखिमलाई पुर्ण रुपमा पालना गरिनेछ । खेलाडीहरुको अनिवार्य कोरोना परिक्षण गरिएको रिपोर्ट हुनुपर्नेछ । मैत्रीपुर्ण खेल क्लबको प्रदर्शन र कमी कमजोरी सुधारको लागि मौका हुन सक्नेछ । मार्च पहिलो सातायता, क्लबहरुले प्रशिक्षण र खेल्ने मौका पाएको छैन ।

प्रिमियर लिग पुन सुचारु हुने अवस्था बनेपछि क्लबहरुले झन्डै एक महिनाअघि देखि प्रशिक्षण थालेका छन् । यसै सातोदेखि क्लबहरुले कन्ट्याक्ट प्रशिक्षण थालेका छन् ।  म्यानचेस्टर सिटीले १७ जुनमा आर्सनलसँग खेल्नेछ । सोही दिन सेफिल्ड युनाइटेड र एस्टन भिल्लाबीच खेल हुनेछ । २० जुनबाट ३०औं चरणका खेलहरु हुनेछन् । २५ जुलाईमा यो सिजन सकिनेछ ।

मर्सिसाइड क्लब लिभरपुल ३० वर्षपछि प्रिमियर लिगको उपाधि नजिक छ । लिभरपुललाई च्याम्पियन बन्न केवल दुई जितको खाँचो छ । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २५ अंकले पछि पारेको छ । लिभरपुलको २९ खेलबाट ८२ अंक छ । सिटीको २८ खेलबाट ५७ अंक छ । बर्नमाउथ, एस्टन भिल्ला र नर्विच सिटी रेलिगेसन जोनमा छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.