6 years ago
June 3, 2020
एजेन्सी – ओलिभर जिर्रोडले भगवानकै चाहनाले आफु चेल्सीमा बसेको बताएका छन् । उनले अर्को एक सिजन चेल्सीमै रहेन सम्झौता गरेका थिए । ३३ वर्षे जिर्रोडले जनवरीमा क्लब छाड्न चाहेका थिए । युरो कपका लागि डिडिएर डेसच्याम्पको फ्रान्सेली टोलीमा नियमित रुपमा पर्नका लागि पनि बढी मौकाको खोजीका लागि चेल्सी छाड्न चाहन्थे ।

प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडविरुद्धको खेलमा जिरोर्डले पहिलो रोजाईमा परेनन् । तर, जति बेला उनले मौका पायो त्यो खेलमा प्रभाव छाडे । त्यो खेलमा चेल्सी विजयी भएको थियो । युनाइटेडलाई हराएपछिका ५ खेलमा प्रशिक्षक फ्रान्क लाम्पार्डले उनलाई मौका दिए ।
कोरोना भाइरस कोभिड १९ का कारण मार्च १३ प्रिमियर लिग रोकिनु अघि जिर्रोडले घरेलु मैदानमा टोटनहम र एभर्टनविरुद्ध गोल पनि गरेका थिए । लगातारको उच्च प्रदर्शन पछि त्यसको फलस्वरुप उनले अर्को सिजनको अन्त्य सम्मका लागि सम्झौता नविकरणको मौका पाए ।
‘म जनवरीमा क्लब छाड्ने मनस्थितिमा थिए । मैले धेरै मौका पाएको थिएन । तर म फ्रान्सको युरो टिममा पर्नका लागि बढी भन्दा बढी खेल्न चाहन्थे,’ उनले भनेका छन्, ‘सायद भगवानको चाहना होला म यहि बसे । प्रशिक्षकले मेरो विकल्पका बारेमा नसोचेको बताए । सबैलाई थाहा थियो के भएको थियो । पछि प्रशिक्षकले मलाई व्यक्तिगत रुपमा पनि भेटेर बढी मौका दिने बताएका छन् ।’
जिर्रोडले आफु प्रशिक्षकले देखाएको विश्वासमा खरो उत्रने प्रयास गर्ने उल्लेख गर्दै क्लबका लागि उपाधि जित्न चाहेको बताएका छन् । उनले कोरानाका कारण गरिएको लकडाउनमा पनि परिवारसँगै इग्ल्यान्डमा रहेको बताए । कोरोना भाइरसका कारण प्रिमियर लिग स्थगित हुनुअघि चेल्सी अंक तालिकाको चौथो स्थानमा रहेको थियो । अंक तालिकाको शीर्षस्थानमा लिभरपुल, दोस्रो स्थामा म्यानचेस्टर सिटी र तेस्रो स्थानमा लेस्टर सिटी छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]