6 years ago
June 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले राष्ट्रियताको विषयमा दिएको विवादास्पद अभिव्यक्तिका विषयमा मधेशी आयोगले छानबिन प्रक्रिया अघि बढाएको छ ।

केहि दिन अघि अध्यक्ष शेर्पाले वेभ अन्तवार्ता दिने क्रममा तराई तिर जाँदा राष्ट्रिय अहिल कम भएको बताएपछि उनी विवादमा परेका थिए ।लिखित उजुरी नआएपनि अध्यक्ष शेर्पाको अभिव्यक्ति नोटिसमा आएको आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले हाम्रो खेलकुद डटकमलाई जानकारी दिए ।
‘उहाँको अभिव्यक्ति हाम्रो नोटिसमा आएको छ,’ अध्यक्ष दत्तले भने, ‘छानविनमा दोषी पाइयो भने हामी त्यो विषयसँग सम्बन्धित निकायलाई सिफारिस गर्नेछौं ।’अध्यक्ष शेर्पाले गत जेठ ४ गतेको अन्तवार्तामा तराईका ४ जिल्ला (सप्तरी, सिराह, धनुषा र महोत्तरी)मा नेपाली सेनाको सहकार्यमा राष्ट्रियता सिकाउन र खेलाडी उत्पादन गर्न ग्रासरुट फुटबल सुरू गरेको बताएका थिए ।
शेर्पाको अभिव्यक्तिको लिएर छानविन गर्न आवज उठेको थियो । जेठ १४ गते नेपाली समाजमा विभेदको विजारोपण गरेको भन्दै समाजवादी पार्र्टीका सांसद विमलप्रसाद श्रीवास्तवले शेर्पामाथि छानबिन र कारबाहीको माग गरेका थिए ।
एन्फाका चार जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ) फुटबल संघका अध्यक्षले शेर्पालाई कारबाहीको माग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् । उनीहरुले मन्त्री परिषद् तथा प्रधानमन्त्रीको कार्यालय र युवा तथा खेलकुद मन्त्रालयमा उजुरी दर्ता गराएका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]